October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सिंहदरबारका कर्मचारीरु माथि सतर्कता केन्द्रको अनुगमन

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३२, २०८० 0६:५३
सिंहदरबारका कर्मचारीरु माथि सतर्कता केन्द्रको अनुगमन

३२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो ।
राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।
अनुगमनमा खटाइएको टोलीले रिपोर्ट दिएपछि आवश्यक निर्णय लिने बताए । ‘कर्मचारीहरुले गलत नै गरेको पाइए सम्बन्धित मन्त्रालयमा हामीले लेखेर पठाउँछौं,’ शर्माले भने, ‘अनुगमनमा खटिएका साथीहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ हेरौं न ।’ उनले कर्मचारीहरुमाथि बेला–बेला अनुगमन गर्ने गरेको भन्दै आजको पनि नियमित प्रक्रिया अनुसारकै भएको बताए ।
सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।
विवरणमा अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ । सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुले व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण टिपाएका छन् ।
कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३२, २०८० 0६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट