October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० ११:२९
बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन

बैसाख १३ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई कैयौं गुणा धेरै मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । यससँगै उनले नेपालको निर्वाचन इतिहासको ठूलो किर्तिमान तोडेका छन् ।
लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान बनाएका छन् । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितनारायण श्रेष्ठलाई ४३ हजार ६२ मत अन्तरले पराजित गरे । लामिछानेले ५४ हजार १७६ मत पाउँदा श्रेष्ठले ११ हजार ११४ मत मात्र प्राप्त गरे ।
यसअघि आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नाममा थियो । भट्टराईले २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीको तर्फबाट चुनाब लड्दा आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेलाई ४० हजार १२९ मत अन्तरले पराजित गरेका थिए । त्यतिबेला भट्टराईले ४६ हजार २७२ मत पाएका थिए भने कांग्रेसका न्यौपानेले ६ हजार १४३ मत पाएका थिए ।
लामिछानेले संसदीय निर्वाचनमा इतिहासमै सबैभन्दा धेरै मत पाउने उम्मेदवारको रुपमा किर्तिमान बनाउनबाट भने चुकेका छन् । संसदीय निर्वाचनमा सबैभन्दा धेरै मत पाउने उम्मेदवारको किर्तिमान नेकपा एमालेका पार्वत गुरुङको नाममा छ । गुरुङले २०७४ को संसदीय निर्वाचनमा ५५ हजार ४५७ मत प्राप्त गरेका थिए । लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरे । लामिछानेको मत गुरुङको भन्दा १ हजार २८१ कम हो ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट