October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ज्ञान केन्द्र बाजुरा द्वारा त्रिवेणी-८ मा बाली उपचार शिविर संचालन

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र १४, २०७९ 0७:१६
ज्ञान केन्द्र बाजुरा द्वारा त्रिवेणी-८ मा बाली उपचार शिविर संचालन

हेमराज उपाध्याय/बाजुरा: कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको त्रिवेणी नगरपालिका-८ ढडालीमा सोमबार बाली उपचार शिविर संचालन गरेको छ ।शिविरमा ५० जना कृषकले ल्याएका ९६ वटा तरकारी तथा फलफुलका बालीको नमुना परिक्षण गरिएको थियो ।

नमुना परिक्षण गर्दा बालीमा लाही किरा, रातो कमिला, फर्षिको रातो खपटे,फलको गबारो,डाँठको गबारो,फल झर्ने, फुल कुहाउने झिगा,बन्दाको पुतली,अनारको पुतली,जरा कुहिले रोग लगायतका समस्या हरु देखिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरूले बताए ।

सो समस्या बाट बालिलाई बचाउन कृषकलाई उचित सुुुझाव सल्लाह दिएको र बालीलाई बचाउन तथा बाली व्यवस्थापनकाली कृषकलाई आवस्यक प्रविधिक सहित अन्य सहयोग गर्ने समेत प्रमुख पनेरूले बताए ।

जलवायु परिवर्तनसंग संगै अन्य रोगहरुले पनि कृषकलाई अत्याधिक रुपमा चुनौती दिएको बेला उक्त शिविरले ठुलो सहयोग पुग्ने समेत पनेरुले बताए ।

त्रिवेणी नगरपालिका कृषि शाखाको समन्वयमा जिल्लाबाट बाली संरक्षण अधिकृत बिक्रम भट्ट, प्राविधिक सहायक सहितको टोलि गएर सो वडामा उक्त शिविर संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र १४, २०७९ 0७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट