October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति , सरकारी भवन सहित २० घरमा आंशिक क्षेति

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १०, २०७९ १५:0२
बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति ,  सरकारी भवन सहित २० घरमा आंशिक  क्षेति

बाजुराको  हिमाली गाउँपालिका वडा नम्बर १ , ३ र ४ वडामा ८ वटा घर पुर्ण क्षेति, २ वटा इसिडी भवन , १ स्वास्थ्य इकाई र २० घरमा  आंशिक क्षेति पुर्याएको छ। आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका ६ ओटा घर पुर्ण रुपमा क्षेती भएका छन भने २० ओटा घरहरु चर्केर बस्न नसकिने अवस्थामा पुगेको वडा अध्यक्ष मङ्गल बहादुर थापाले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन । भुकम्पले पुर्ण रुपमा क्षेति गरेका घरहरु पेमा छिरिङ थापा, जवर कुँवर, धर्म रोकाया पदम बुढा, जया थापा र रंगलाल ल्वारको घर लगाएत अन्य २० वटा घरहरुमा क्षेति पुगेको छ भने युनाको आधारभुत स्वास्थ्य इकाई कार्यालयको भवन र गंगा आधारभुत बिधालयको भवन समेत चर्केर जोखिममा रहेको छ। भुकम्पका कारण भएको क्षेतिको अवस्था जाँच बुझका लागि अस्थाई प्रहरी चौकि बिच्छ्याँ लाई जानकारी गराएको वडा अध्यक्ष थापाको भनाई रहेको छ। पुर्णरुपमा घर क्षेति भएका भुकम्प पिडितहरुको तत्काल उद्दारका लागी छिमेकिको घरमा बस्न लगाउने र गाउँलेको त्रिपाल मागेर व्यवस्था गरिरहेको वडा अध्यक्ष मंगल बहादुर थापाले बताए ।
तेस्तै वडा नम्बर १ नेटामा रहेको बालविकास इसिडीको १ तले एक कोठे भवन पुर्ण रुपमा भत्केर क्षति भएको छ । उक्त वालबिकास केन्द्रको भवन कच्ची ढुँगा माटोबाट बनेको थियो ।
सो स्थानमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाँउपालिकाको वडा नम्बर ४ फैतिका कर्ण प्रसाद पाण्डेको दुइ तल्ले ४ कोठे घर चर्केर छिमेकी न्याउली हमालको घरमा बसिरहेको प्रहरीले जनाएको छ । सोही गाँउका चन्द्र पाण्डेको पनि दुइ तल्ले ४ कोठे भवन चर्केर छिमेकीको घरमा बसिरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार हाल सम्म कुनै मानविय र पशु चौपायामा भने क्षति छने भएको छैन । थप जिल्लाको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १०, २०७९ १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट