October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३, २०७९ 0६:२८
जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

उमेश जङ् शाही श्रावण  ३, बाजुरा – जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ।   जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार सेवा केन्द्र ,वडा सहायक ,र वडा प्राविधिक ) करार म्याद कार्य सम्पादन मुल्यांकनका आधारमा  म्याद थप गर्ने निर्णय  गरेको  गाउँपालिका प्रवक्ता  गणेश राज  गिरिले बताए।  त्यस्तै बालबिकास सहजकर्ता ,स्वयंसेवक शिक्षक ,कम्प्युटर शिक्षक बिधालय लेखापाल ,करार शिक्षक र राहत शिक्षकहरुको हकमा नेपाल सरकार शिक्षा ऎन २०२८ र शिक्षा नियमावली २०५९ जगन्नाथ गाउँ पालिका को शिक्षा ऎन २०७५ र बाल बिकास सहजकर्ता छनोट कार्यविधि छनोट कार्यबिधी २०७८ ले निर्धारण गरेको शैक्षिक योग्यता नपुगेका ब्यक्तिहरु लाई श्रावण १५ गते भित्र पत्राचार गर्नाका साथै आवस्यक कागजातहरु पेश गर्नाका लागि समय दिने र गाउँ पालिकाले नियुक्ति  गरेका स्वयंसेवक शिक्षक बिधालय लेखापाल ,बिधालय कर्मचारी ,र कम्प्युटर शिक्षक हरुको हकमा कार्यसम्पादन मुल्यांकन फारम भरी पालिका शिक्षा शाखामा पेश गर्ने र उक्त कार्यसम्पादन मुल्यांकनका आधारमा करार म्याद थप गर्ने निर्णय गरेको छ।
भौतिक पुर्बाधारका योजनाहरुमा संघीय सरकार ,प्रदेश सरकार ,पालिका द्वारा निर्माण गरिने भौतिक पुर्बाधार का योजना १५ लाख सम्मका योजनाहरु उपभोक्त समिति र १५ लाख भन्दा माथिका योजनाहरुको हकमा इ- टेन्डर प्रक्रिया मार्फत निर्माण गर्ने निर्णय गरेको छ। जगन्नाथ गाउँपालिका को बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक  २०७६ को परिच्छेद -२ को दफा ३ बमोजिम तपशिल बमोजिमको गाउँ पालिका स्थरिय बिपद व्यवस्थापन समिति गठन गरेको छ।       विपद व्यवस्थापन  समिति                                           १ कालि बहादुर शाही ( गाउँ पालिका अध्यक्ष संयोजक )
२ मरुकला बिस्ट ( उपाध्यक्ष सदस्य )
३ रबिन्द्र बहादुर शाही ( नि,प्रमुख प्रशाकिय अधिकृत )
४ गणेश राज गिरि ( आर्थिक बिकास समिति संयोजक )
५ गौरी सार्की (सामाजिक बिकास समिति संयोजक )
६ रमेश बहादुर शाही ( पुर्बाधार बिकास समिति संयोजक )
७ धन बहादुर सार्की ( सामान्य प्रशासन समिति संयोजक )
८ जय बहादुर साउद ( शिक्षा साखा प्रमुख )
९ बिनोद कुमार साही ( प्राबिधिक शाखा प्रमुख )
१० हरि सिङ भाट ( सुरक्षा निकाय प्रमुख )
११ छबिलाल बोगटी ( रेडक्रस सोसाइटी स्थानीय प्रतिनिधि )
१२ राजेन्द्र प्रसाद जोशी ( प्रशासन शाखा / बिपद ब्यबस्थापन शाखा सचिव )
प्रवक्ता तथा वडा न१ वडा अध्यक्ष ; गणेश राज गिरि

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३, २०७९ 0६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट