October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ९, २०७९ 0९:४८
जगन्नाथ गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

बाजुरा- बाजुराजिल्लाको उत्तरपुर्वि क्षेत्रमा रहेको जगन्नाथ गाँउपालिकाका सबै वडाहरुमा 4जी र टेलिफोन सेवा नहुँदा स्थानियहरु मर्कामा परेको बताउछन ।
केहि समय अगाडी गाँउपालिकामा इन्टरनेट र फोन सेवा राम्ररी चलेको भएता पनि गाँउपालिकाको वडा नंं. २ काँडाकोटमा नमस्तेको टावरमा 4जि इन्टरनेट सेवा र टेलिफोन सेवा बिगतका दिनहरुमा राम्रो काम गरेको थियो। वडा नं.४ नाराकोटमा सबटावर निर्माण भएपछि जगन्नाथ   गाउपालिकाको कार्यालय जुड्डि,  वेर्मा, झप्रालि ,हुनि , सेरा लगाएतका स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको वडा नं. १ का देवेन्द्र बिष्टले गुनासो गरेका छन ।बिगतका दिनमा फोन सेवा र इन्टरनेट सेवा राम्ररी चलेको भएता पनि उक्त ठाँउमा फोर जी सेवा जडान गर्दा हाल पुरै गाँउपालिका संचार सेवाबाट बञ्चित भएकोले गाँउपालिकाका हरेक सूचना र समाचार आदान प्रदानमा निकै नै समस्या परेको स्थानियहरुको दुखेसो रहेको छ । यस विषयमा नेपाल टेलिकम बाजुराका लेखापाल मान बहादुर रोकायालाई सोध्दा नयाँ नेटवर्कको जडान भए पछि केहि ठाँउमा इन्टरनेट र फोन सेवा राम्ररी संचालन भएको भएता पनि केही ठाँउहरुमा संचार सेवामा आएको समस्या चाँडै समाधान हुने बताउनु भएको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ९, २०७९ 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?