October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एकीकृत समाजवादीको बिजय जुलुसलाई एमाले कार्यकर्ताले आकर्मण गर्दा आठ जना घाइते

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९ १३:0४
नेकपा एकीकृत समाजवादीको बिजय जुलुसलाई एमाले कार्यकर्ताले आकर्मण गर्दा आठ जना घाइते

बझाङ, जेठ ३- नेकपा एकीकृत समाजवादीको विजय जुलुसमा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेका छन् । बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा विजय जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

वडाध्यक्षमा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट ४ सय ८७ मत ल्याएर विजयी भएका थिए । भने उनका प्रतिस्पर्धी एमालेका हिराप्रकाश भण्डारी चार सय ३८ मत ल्याएर पराजित बनेका थिए ।

वडाध्यक्षमा समाजवादीले जितेपछि विजय जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा प्रहारबाट समाजवादीका आठ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।- Hamro sanchar

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९ १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट