October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा स्वामिकार्तिक गा.पा. २वडा अध्यक्ष सहित काङ्ग्रेस प्यानल बिजयी १ वडामा माओवादि र ए. समाजवादी गठबन्धन बिजयी

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0१:५२
बाजुरा स्वामिकार्तिक गा.पा. २वडा अध्यक्ष सहित  काङ्ग्रेस  प्यानल बिजयी १ वडामा माओवादि र ए. समाजवादी गठबन्धन बिजयी

बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय बि.क.ले उनका प्रतिस्पर्धी कात्तिके ब.क.लाइ पराजित गरेका हुन । वडा नं. २ मा नेपाली काँग्रेसका बिष्णु बुढाले नेकपा एमालेका मन बहादुर महतरालाई हराएका थिए ।

हाल सम्म स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा २२४७ मत गणना गर्दा २ वटा वडाको नतिजा आइ सकेको छ भने वडा नं. ३ मा काँग्रेस अध्यक्षः ९९८, उपाध्यक्षः ६३४, ३ मा समाजवादी÷माओवादी, अध्यक्षः ६०४, उपाध्यक्षः ५७०, ३ मा एमाले, गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ९९८ मत ल्याएर अग्रतामा रहेको छ भने उपाध्यक्षमा एकिकृत समाजवादी र माओवादीका गठबन्दनले ६३४ मत ल्याएर अग्रता लिइ रहेको छ । त्यस्तै गाँउपालिकाको अध्यक्षमा समाजवादी÷माओवादी गठबन्दनमा अध्यक्ष ६०४, उपाध्यक्षः ५७० मतले पछ्याइ रहेको छ । पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमालेले अध्यक्षमा ५३०, उपाध्यक्षमा ७४९ मत प्राप्त गरेको छ ।

वडा नं. १ को वडा अध्यक्षमा माओवादी केन्द्र ५७३ विजयी र वडा नं. २ को वडा अध्यक्षमा नेपाली काँग्रेस ३५८ विजयी भैसकेको निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिक खापरले जानकारी दिएको छ । बाँकी पदका लागि मत गणना भैरहेको छ । गाँउपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको अग्रता रहेको छ भने गाँउपालिकाको उपाध्यक्ष पदमा एकिकेत समाजवादी र माओवादी केन्द्रको साझा उम्मेद्वारको अग्रता रहेको छ भने नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष पदका लागी तेस्रो स्थानमा पछ्याइ रहेका छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0१:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट