July 25, 2024 | बिहिबार, साउन १०, २०८१

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ २३, २०८० 00:३३
निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनको आधारमा ६ जना कर्मचारीलाई पालिकाले  पुरस्कृत गरेको छ ।

निजामति सेवा दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज पुरस्कृत गरेको हो । गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रको पदमा कार्यरत प्राविधिक तर्फका स्थायी तथा अस्थायी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाका पञ्जीकरण शाखाका एमआईएस अफेरेटर मेघराज भट्ट ले जानकारी दिनुभयो ।

उहाँले कार्यालय सहयोगी देखि वडा सचिव सम्मका कर्मचारी पुरस्कृत भएका बताउनुभयो । वडा नं ४ का वडासचिव किशोर वुढा, पञ्जीकरण शाखाका एमआईएस अफेरेटर मेघराज भट्ट, सवईन्जीनियर केशव वुढा, अहेव लोकेन्द्र बहादुर कैला, अनमि रेखा कट्टेल (वुढा) र कार्यालय सहयोगी जरम धामी पुरस्कृत हुनुभएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर रोकायाले बताउनुभयो । निजामति सेवा दिवसको अवसर पारी उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई कार्य सम्पादनको आधारमा नगद सहित सम्मान गरीएको उहाँले बताउनुभयो ।

गाउँपालिका भरी सर्वोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएका वडा सचिव वुढालाई सम्मान पत्र सहित ८ हजार, एमआईएस अफरेटर भट्ट र सवईन्जीनियर वुढालाई ६–६ हजार र अन्य कर्मचारीलाई ४ हजारका दरले नगद  पुरस्कार प्रदान गरीएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । आर्थिक वर्ष २०७९–२०८० मा सम्पादित कार्य मुल्याङ्कनको आधारमा गाउँपालिकामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरीएको उहाँले बताउनुभयो।
कार्यरत कर्मचारीलाई हौसला प्रदान गर्न र कार्य सम्पादनलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई पुरस्कृत सहित सम्मान गर्ने गरीएको उहाँले बताउनुभयो । गाउँपालिकामा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्य यस वर्षबाट सुरुवात भएको र यो निरन्तरण रहने पनि अध्यक्ष रोकायाले बताउनुभएको छ ।

  • सेती कर्णाली खबर
  • -