October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुचनाको हक प्रयोग गरि माओवादी केन्द्रले माग्यो दोगडाकेदार गाउपालिले गरेका कामको विवरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र ८, २०७८ १३:४६
सुचनाको हक प्रयोग गरि माओवादी केन्द्रले माग्यो दोगडाकेदार गाउपालिले गरेका कामको विवरण

आशिष् माल बैतडी
नेकपा माओवादी दोगडाकेदार गाउ कमिटीले विगत पाँच वर्षमा दोगडाकेदार गाउपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी दर्जन वढी विषयमा सूचना माग गरेका छन् । माओवादी केन्द्र दोगडाकेदार कमिटीका अध्यक्ष तारा सिह कुवर र सचिव धनवहादुर महराले सुचना हक सम्वन्धि ऐन वमोजिम निवेदनमार्फत् ती जानकारी माग गरेका हुन् ।
८ चैत्रमा माओवादी केन्दका अध्यक्ष कुवर र सचिव महराले निवदेन दर्ता गराएका हुन् । नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार जनताको जान्न पाउनु पर्ने हकको सम्वर्धनका लागि सूचना माग गरिएको छ ।
मागिएका सूचनामा २०७४÷०७५ यता हालसम्म विकासनिर्माणको कुल खर्च रकम,प्रदेश र संघवाट प्राप्त अनुदानको विवरण, पाँचवर्षको अवधीमा गापाले लिएको गाडी भाडाको पुर्ण खर्च विवरण,इन्धन खर्च विवरण,एनजिओ लाई दिएको अनुदान तथा साझेदारी कार्यक्रमको खर्च विवरण,भम्रणखर्चको विवरण,वेरुजु पछयाट तथा वेरुजुको विवरणै लगायत गापावाट सम्पादन भएका विकास निर्माण तथा चन्दा अनुदान साझेदारी कार्यक्रमको खर्चको शीर्षकगत विवरण माग गरिएको छ ।
यस्तै, कोरोना भाइरस महामारी नियन्त्रणमा गरिएको खर्चको पूर्ण विवरण, वार्षिकगत आन्तरिक आय विवरण, वार्षिकगत रुपमा आन्तरिक आयको खर्च विवरणको माग गरिएको छ ।
यसैगरी दान तथा चन्दामा गरिएको खर्चको पूर्ण विवरण, गैरसरकारी संस्थासँगको साझेदारीको पूर्ण विवरण, बोलपत्र नगरी दरभाउपत्रबाट गरिएका कार्यको पूर्ण विवरण माग गरिएको छ ।
पाँच वर्षको अवधीमा पालिकावाट गरिएको खर्च विवरण, दिइएका सबैखाले अनुदानको पूर्ण विवरण, भ्रमणभत्ता तथा दैनिक भत्तामा गरिएको खर्चको पूर्ण विवरण, खरिद गरिएका सवारीसाधनको विवरण र खर्च रकमको सूचना माग गरिएको छ ।
मागेका सूचना कानुनले तोकेको समयभित्रै प्राप्त हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष तारसिह कुवरले बताए ।
उनले मागेका सुचना सवै स्पष्ठरुपमा प्राप्त नभए कडा आन्दोलन गरिने वताए । पालिकाको पाँच वर्षे कार्यकालमा सत्तापक्षले गरेका सवै कामको प्रष्ट तस्विर सार्वजनिक हुने बताए । सूचनाको हक सम्बन्धी कानुनअनुसार गाउपालिकाले मागिएको ढाँचामा सूचना दिनुपर्छ । सूचना दिन आनाकानी गरे आफू कानुनअनुसार अगाडि बढ्ने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वैतडी ईन्र्चाज नरेन्द्र कुवरको भनाई छ । यश अगि नेपाल काग्रेस पनि नेपाली काग्रेस दोगडाकेदार ले पनि सुचनाको हक प्रयोग गरि पालिकाको बिकास निर्माणका गतिविधिको बारेमा माग गरेको छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र ८, २०७८ १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट