October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक – जगन्नाथ जोड्ने ट्रस बृज पुल निर्माण हुने

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १५, २०७८ 0९:५९
स्वामिकार्तिक – जगन्नाथ  जोड्ने ट्रस बृज पुल निर्माण हुने

बाजुरा, शुदुरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ काम्ति को धोवि ढुङ्गा र जगन्नाथ वडा नम्बर २ नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।०७८।०७९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले अस्थायी बेलिबिज्र मात्र निर्माण हुनेभएपछि थप स्टमेट गरेर १७ करोड ५० लाखमा स्थायि ट्रसब्रिज निर्माण हुने गरि काम अघि बढेको कार्यलय प्रमुख बोगटीले बडिमालिका खबरलाई बताएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाको १ र जगन्नाथ गाउँपालिकाको २ को बिच कर्णाली नदिको किनारा नुनेपानीमा ७० मिटरको ट्रसब्रिज बन्ने भएको हो ।

पटक पटक संघ र प्रदेश सरकारलाई हारगुहार गरेपछि प्रदेश सरकार बाट बजेट बिनियोजन भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । बाजुरामा कर्णाली पारिको स्वामिकार्तिक खापर गाउँपालिका रहेको छ । ट्रसब्रिज बन्ने भएपछि गाउँपालिका सडक सञ्जालमा जोडिने भएको छ ।
यातायात बाट बिमुख बनेको उक्त गाउँपालिकामा ट्रसब्रिज बन्ने भएपछि स्थानिय बासि खुशी भएको गाउँपालिकाका सुचना अधिकारी कुुबेर शाहीले वताएका छन् । कर्णालीमा पुल बनाउने प्रक्रियामा संघिय सरकार भएपनि त्यो भने केही समय लाग्ने भएको छ । संघिय सरकारले बनाउने पक्कि पुल बाट अहिले बन्ने ट्रसब्रिज झन्डै ३० किलोमिटर टाढा रहेको छ ।

संघिय सरकारले बन्ने पुल धेरै माथि थियो अहिले बन्ने ट्रसब्रिज भने नजिकै भएकाले पुल बनेपछि निकै सहज हुने स्वामीकार्तिक खापर गाउँपालिका १ का बल बहादुर बिकले वताएका छन् ।  गाउँपालिकाले पिलुचौरमा फेरि सञ्चालन ल्याउने तयारी भएपनि त्यो हिउँदको समयमा मात्र सञ्चालन हुने रहेको छ। स्वामीकार्तिक खापर गाउँपालिका कर्णाली पारि भएकाले यातायात सञ्जाल दिगो रुपमा जोडन नसके पनि स्काइभेटर द्वारा टेक्टर कर्णाली नदिमा तारेर हाल डेढ वर्ष  देखि  हाल सम्म ३ वटा टेक्टरले भवन, र घर निर्माण सामाग्री र खाद्यान्न स्वामिकार्तिक खापर गा.पा.का चार वडामा ढुवानी गर्दै आएकाछन । गत साल मंसिरमा रेखम शाहीको बलेरो जिप गाउपालिकाको समन्वयमा कर्णाली नदिमा ड्रमको सायताले जिप तारेर स्वामिकार्तिक का ४ वडामा सवारीसेवा ३ महिना सम्म दिएको थियो। कच्चिबाटोमा गाडि बिग्रिरहने र सर्भिसिङ गर्नको लागि जिप पटक पटक तारिरहनु पर्ने झन्झट र बाटो बिग्रि रहने हुदा जिप सन्चालन गर्न नसकिएको रेखम शाहीले सेतिकर्णाली खबरलाई बताए ।कर्णालीमा बेलिबिज्र बने लगतै गाउँपालिका यातायात सञ्जालमा फेरि जोडिने गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । कर्णाली नदि पारी प्रत्येक वडा तथा गाउँमा सडक पुर्याउने गरि सडक निर्माण भइरहेको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १५, २०७८ 0९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट