October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ १३, २०७८ 0१:५0
बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर

बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो,“ घाईतेको उद्धारका लागि पाटनबाट जिप पठाएका छौं । उद्धारका लागि सलेना प्रहरी चौकीबाट प्रहरी पनि खटिएका छन् । घाईतेको नामावली खुल्न सकेको छैन ।
दुर्घटनामा घाईते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ। -gorkhapatraonline

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ १३, २०७८ 0१:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट