सेतीकर्णाली खबर
मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा सोही वडाको बर्कु बस्ने अन्दाजी २७ वर्षका पदम बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ३ जुकु बस्ने अन्दाजी ३५ वर्षीया लोकेन्द्र रोकाया घाइते भएका छन् । घाइते दुबै जनालाई उपचारको लागि कोल्टी अस्पतालमा लगिएको छ । पिलुचौर साप्पाटा सडक अन्तर्गत कच्ची सडकबाट पिलुचौर आउँदै गरेको ०० बा १ त ०४८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । सोही पालिकाको वडा नम्बर ४ छापु बस्ने अन्दाजी २९ वर्षका रवीन्द्र नाथले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिव साढे ३ सय मिटर तल खसेको हो । मृतकको लास पोष्टमार्टमको लागि कोल्टी अस्पतालमा लगिएको छ ।र्आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।