March 11, 2025 | मङ्लबार, फाल्गुन २७, २०८१

बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १५, २०८१ १३:0१
बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ  शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो ।
जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम भएको जनाएको छ ।
त्यस्तै १८ स्वर्ण, ७ रजत र १० काँस्य सहित बुढीनन्दा नगरपालिका द्धितीय भएको छ भने ११ स्वर्ण, १७ रजत र १३ काँस्य सहित बुढीगंगा नगरपालिका तृतीय भएको छ । त्यसै गरी प्रतियोगीतामा ७ स्वर्ण, ११ रजत र २४ काँस्य सहित खप्तड छेडेदह गाउँपालिका सान्त्वना भएको छ ।
गत बर्ष गृहपालिकामै सञ्चालन भएको जिल्ला स्तरीय रनिङ शिल्डमा बडीमालिकालाई हराउँदै उपाधि जित्न सफल भएको बुढीनन्दाले यस बर्ष भने द्धितीयमै चित्त बुझाएको छ ।
त्यस्तै त्रिवेणी नगरपालिकाले ५ स्वर्ण, १२ रजत, १५ काँस्य, स्वामीकार्तिक खापर गाउँपालिकाले ४ स्वर्ण, २ रजत, १ काँस्य, गौमुलले १ स्वर्ण, २ रजत, ८ काँस्य, जगन्नाथले १ स्वर्ण, ५ काँस्य र हिमाली गाउँपालिकाले १ स्वर्ण र १ काँस्य पदक प्राप्त गरेको छ ।
बर्षौदेखि जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि जित्दै आएको बडीमालिकाले भने गत बर्ष आफ्‌नै बिरासत जोगाउन सकेन् । तर यस बर्ष भने फेरी पहिलेकै बिरासत जोगाउन सफल भएको छ ।
गत बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि १८ स्वर्ण र २१ काँस्य पदकसहित बुढीनन्दाले हात पारेको थियो । त्यस्तै बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ काँस्यसहित द्धितीय र ८ स्वर्ण, १४ रजत र ४ काँस्यसहित खप्तड छेडेदह तृतीय भएको थियो ।
फागुन १२ गतेदेखि बुढीगंगा नगरपालिकाको भानोदय माविमा सञ्चालन भएको रनिङ शिल्ड आज सम्पन्न भएको छ । उक्त जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका थिए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १५, २०८१ १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट