December 26, 2024 | बिहिबार, पुस ११, २०८१

बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ११, २०८१ १0:२९
बाजुराको स्वामिकार्तिकमा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन

सेतीकर्णाली खबर
उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ।
रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. १ काम्तिमा सम्पन्न भएको छ।संयुक्त स्थलगत अुनगमन कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालीका उपाध्यक्ष सुलोचना बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर रोकाया, प्रशासन साखा प्रमुख कुमेर बहादुर शाही, गाउपालिका कृषि साखा प्रमुख बिनोद शाही लगाएत वडा नं १का वडाअध्यक्ष अजय वि.क. , वडा नं ४ का वडाअध्यक्ष सिह धामि, LI-BIRD RERAS परियोजनाका कलस्टर संयोजक लोकेश थापा र समाज सुधार कृषक समुह काम्तिका सदस्यहरुको उपस्थितिमा पालिका स्तरिय संयुक्त स्थलगत अनुगमन भएको ली-वर्ड वरिष्ठ प्राबिधिक सहायक रामचन्द्र उपाध्यायले सेतिकर्णाली अनलाइन खबर लाई बताए ।कृषि- खाद्य प्रणालीको लागि नविकरणिय उर्जा( RERAS) परियोजनाले स्थानिय रुपमा उत्पादन हुने बालिको उत्पादन, सिँचाइ, प्रशोधन, भण्डारण, प्याकेजिङ र मार्केटिङका लागि भरपर्दो र किफायति नविकरणिय उर्जा समाधानहरुको प्रयोग बढाएर कृषि उत्पादकत्व वृदि गर्ने र खाद्य पोषण शुरक्षा निश्चित गर्ने लक्ष्य राखेर काम गर्दै आएको ली-वर्ड RERAS कलष्टर थापाको भनाइ रहेको थियो ।
स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं १ र ४ मा गठित पाँच ओटा कृषक समुहमा काम गर्दै आएकाे छ । जसमध्य हरियाली कृषक समुह छापु, केराबारी कृषक समुह सुइजिउला, उर्वरा कृषक समुह फैता, जनजागृति कृषक समुह फैता र समाजसुधार कृषक समुह काम्ति रहेका छन। यी पाँच वटा कृषक समुहमा रैथाने बालीको संरक्षण र सम्बर्द्धनका लागि जनचेतना मुलक कार्यक्रम, एकिकृत घरबगैचा व्यबस्थापन अन्तर्गत नर्सरी व्यवस्थापन तालिम, रोग किरा व्यवस्थापन तालिम, बिउ उत्पादन तथा भण्डारण सम्बन्धि क्षमता बिकास तालिम, जलवायु मैत्री कृषि प्रविधि सम्बन्धि क्षमता बिकास तालिम, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई रैथाने बालीकाे उपयोगिता तथा महत्व सम्बन्धि तालिम, कृषकहरुलाई र स्थानिय व्यवसायीहरुलाई रैथाने बालीकाे परिकार बनाउने सम्बन्धि तालिम र महिलाकाे कार्यबोझ घटाउन र विद्धुतको उपयोग बढाउनका लागि ४ वटा विद्दुतिय कृषि यन्त्रहरु जस्तै कम्बाइन राइस मिल, बिद्धुतिय मल्टीकप थ्रेसर, पिसानी मिल र बिद्दुतिय मकै छोडाउने मेसिन लगाएत ३२ वटा प्लास्टिक घर, २ वटा प्लास्टिक पोखरी र १० वटा भर्मिकम्पोष्ट सहयोग जस्ता कार्यक्रम संचालन गर्दै आएको ली-वर्ड RERAS परियाजनाका कृषि अधिकृत कविराज अवस्थीले पालिका स्तरिय संयुक्त स्थलगत अनुगमन कार्यक्रममा प्रष्ट पार्नुभएकाे थियाे । पाँच वटै कृषक समुहका १४३ जना कृषकहरु लाभान्वित हुने भएका छन। साथै यस जलवायु मैत्रि कृषि प्रविधि प्लास्टिक घरहरुमा गोलभेडा र साग सब्जि खेति गरिएको र गड्यौला मल उत्पादन गरेको स्थलमा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमनटोलीले अवलोकन गर्ने क्रममा सुधारका लागि सुझाब तथा सल्लाहा दिएकाे थियाे।

साथै आगामी दिनमा पनि यस्ता कार्यहरु निरन्तर गरिरहन र अन्य वडाहरुमा पनि विस्तार गरिदिन RERAS परियाजनालाई उक्त अनुगमन टाेलीले अनुराेध गर्नुका साथै आगामी दिनमा यस्ता कार्यक्रमहरुमा स्वामीकार्तिक गाउँपालिकाले पनि लागत साझेधारी गर्ने प्रतिबद्धता जनाएकाे छ ।

 

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ११, २०८१ १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट