October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मुस्ताङमा हिउँपहिरो,जांदा बोक्सीखोला थुनियो

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ १२, २०८१ 0९:४६
मुस्ताङमा  हिउँपहिरो,जांदा  बोक्सीखोला थुनियो

म्याग्दी– धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’ बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो ।मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । खाेलाकाे आसपासमा बस्ती भने नभए काे बताएका भए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा नै रहेकाे छ वडाअध्यक्ष ले बताएका छन्।

यसअघि वि.सं. २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोमा पुरिएर १५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ १२, २०८१ 0९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट