October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा जिल्ला

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १४, २०८१ 0८:२२
एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा  जिल्ला

बाजुरा १४ असार : बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट २०८०सालकाे सइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला बाट प्रथम भएका छन् ।

खड्काले जिल्लामै सवैभन्दा बढी ३.८ जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । जिल्ला भरिमा भएकाे परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए भन्दा बढी कसैले ल्याउन सकेका थिएनन् । यस वर्षको एसइइ परिक्षामा बाजुराका सामुदायिक र निजि विद्यालयका तर्फबाट सवै भन्दा बढी अंक ल्याएर खड्का प्रथम भएका हुन् ।

बाजुरा जिल्लाभरका सामुदायिक तथा निजि विद्यालयबाट एसइइ परिक्षा दिने ३.६ जिपिए भन्दा माथि अंक ल्याउने ८ जना विद्यार्थी मध्ये खड्का सहित ३ जना क्रियटर जोन एकेडेमीका रहेका छन् । क्रियटर जोन एकेडेमीको पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि भएका १८ जना विद्यार्थी सवै उत्कृष्ट नतिजा ल्याएर पास भएका छन् ।

 

क्रियटर जोन एकेडेमीमा अहिलेकाे लागि पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि १८ जना विद्यार्थी मध्ये बुढीनन्दा नगरपालिका वडा नम्वर ७ घर भएका किरन खड्का जिल्लामै प्रथम र गौमुल गाउँपालिकाका प्रतिविम्व विक क्रियटरमा दोस्रो भएका छन् ।बाजुरा जिल्लामा यस वर्षको नियमित तर्फकोे समष्टीगत नतिजा भने ३५.४७ रहेको छ । २०८० चैत महिनामा भएको एसइइ परिक्षाको नजिता २०८१ असार १३ गते सार्वजनिक भएको थियो । क्रियटर जोनले एस वर्षको एसइइमा समावेश भइ उत्कृष्ट अंक ल्याएर विद्यालयमा अध्ययनरत सवै विद्यार्थी पास भएपछि खुसियाली मनाउँदै बजार परिक्रमा गरेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १४, २०८१ 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट