October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आई.एन.एफ. संस्थाको पालिका स्तरीय सार्बजनिक लेखा परिक्षण कार्यक्रम

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १३, २०८१ १२:२२
आई.एन.एफ. संस्थाको पालिका स्तरीय सार्बजनिक लेखा परिक्षण कार्यक्रम

बाजुरा- आई.एन.एफ. नेपालको पालिका स्तरीय सल्लाहकार समितिको बैठक तथा सार्बजनिक लेखा परिक्षण कार्यक्रम गरिएको छ।

आई.एन.एफ. नेपाल आयोजना हिमाली गाउँपालिका समन्वयमा पालिका स्तरीय सल्लाहकार समितिको बैठक तथा सार्बजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। आई.एन.नेपाल संस्था बाजुरा जिल्लामा २०७९ सालमा सुरुवात र हिमाली गाउँपालिकामा २०७५ सालमा लागू भएको हो। विगत ६ वर्ष देखि पालिका हालसम्म संस्थाले काम गर्दै आइरहेको छ। “सुखी हिमाली समृद्धि हिमाली” बनाउने हामी विभिन्न परियोजना मार्फत काम गरेका आई.एन.एफ. नेपाल संस्थाकी सहायक महिला विकास सम्झना परिवारले बताएका छ।

विशेषगरी हिमाली गाउँपालिकाका स्वास्थ्य, अपाङ्ग, जलवायु र विपद क्षेत्रमा हाम्रो संस्थाको परियोजनाले अन्तरसम्बन्ध राखेर काम गरेको छ। अहिले बुढिनन्दा नगरपालिका वडा नम्बर १ र २ मा हिमाली गाउँपालिका सबै वडामा काम गर्दै गरेको छ। ९० वटा समुहहरुमा काम भएका छ्न। दुई समुह बाहेक अरु सबै समुहको बचत गर्ने गरेका छन। २ सय १० जना समुहलाई कसरी दिगो बनाउने काम गर्ने भएको छ। नेतृत्व र सुशासन तालिमहरु समुहमा सहजकर्तालाई तालिम गरिएको छ। निर्माणकार्यका बाहिर सामाग्री सहयोग गरेको छौँ। वडा भित्र अपाङ्ग समुहहरुलाई जनचेतना मूलक कार्यक्रम गर्ने गरेका छौँ।

हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ का वडाका अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिरहेको छ। ३ वटा कृषि समुह फर्मलाई ट्यान्की बनाउने सहयोग भएको छ। कृषक समुहलाई तरकारी खेतीका लागि टर्नेल र बीउ सहयोग गरेको छ। जीविकोपार्जन विपद क्षेत्रमा काम भएको छ। वडा नम्बर १,२ र ३ वडामा विपदका त्रिपाल, घैटी सामान दिएको छ। धेरै जसो बाख्रा पालन व्यवसाय व्यवस्थापन गरेको छ। संस्था स्वयंसेवक र आमा समुह सहजीकरण गरेको छौँ। वडा नम्बर २,५ र ६ विपदका लागि त्रिपाल जकेट १२ वटा घरहरू मानिसलाई घर बनाउन सहयोग गरेको परिवारले जनाए।

अहिलेसम्म आइ.एन.एफ. नेपालले हिमाली गाउँपालिका गाउँमा धेरै काम गरेको छ। थप सहयोगका लागि आफू निरन्तरता लागि रह्ने पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए। स्वास्थ, शिक्षा, विपद र कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ। सिङ्गो पालिका सफल बनाउन यहाँका स्थानीय देखि संघ सस्था सबैको जिम्मेवारी रहेकोे छ। आगामी दिन हामी सबै माग्ने होइन दिने बन्नुपर्छ तबमात्र उन्नति प्रगति गर्न सकिन्छ। हामी जबसम्म दिने बन्दैन तबसम्म जस्ताको त्यस्तै रहने छौ। बिकास गर्ने कामदेखि अन्य काम आफू निर्भर नहुन्जेलसम्म हामी माथी उठन सकिदैन। गाउँमा सबै लागेर जनचेतना मुलक भयो भने आर्थिक उन्नति हुन सकिने अध्यक्ष मल्लले बताए

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी पालिका शाखा प्रमुख कर्मचारी र संस्थाका प्रतिनिधि लगायत तालिम सहभागिता पालिका स्तरीय सल्लाहकार समितिको बैठक तथा सार्बजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १३, २०८१ १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट