October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आत्मा र राष्ट्र शान्तीका लागि स्थानीय तहमा साइकल यात्रा गर्दै प्याकुरेल

  • सेती कर्णाली खबर
  • सोमवार, असार १०, २०८१ 0६:२९
आत्मा र राष्ट्र शान्तीका लागि स्थानीय तहमा साइकल यात्रा गर्दै प्याकुरेल

सेतीकर्णाली खबर,बाजुरा- आत्मा र राष्ट्र शान्तीका लागि ७ सय ५३ स्थानीय तहमा पैदल तथा साइकल द्रारा यात्रा गर्दै आइरहेको राम भक्त कौडियन्री (प्याकुरेल) बताएका छन।

७२ वर्ष उमेरका राम भक्त कौडियन्री (प्याकुरेल) चैनपुरे हालको इटहरी घर भएका पुर्खा घर रतुवामाइ नगरपालिका वडा नम्बर ८ दाम्राभिट्ट मोरङ कोशी प्रदेश रहेको छ। साइकल यात्रा २०७८ मंसिर ९ गतेबाट प्रारम्भ गरेको हो। हाल सम्म ६ सय २६ स्थानीय तहमा साइकल यात्रा गरेर अहिले भखरै ६ सय २७ औं स्थानीय बाजुरा जिल्लाको हिमाली गाउँपालिका साइकल यात्रा गर्दै आएको उनको भनाइ रहेकोे छ।

देशभर रहेका ७ सय ५३ स्थानीय तहको विकास बुझिने त्यहाँ लेख्ने अभिलेख राख्ने सबै गरेर अन्तिममा वृद्धि आसाम भौनिकी सङ्ग्रहलय स्थापना गर्ने उद्देश्य रहेकोे छ। अलिकति आर्थिक सहयोग जुटाएर केही आफ्नो खर्च पनि लगाएर साइकल यात्राको बिषयमा बनाएर छोडिदिने इच्छा समेत रहेकोे साइकल यात्रुले बताएका छन।

सबै स्थानीय तह पुगेको साइकल यात्रा गर्दा राम्रो महसुस भएको छ। कोही ठाउँ विकट छन कोही सुगम स्थानहरु छन। ठाउँ ठाउँमा साइकल यात्रा गर्दा गर्दै त्यहाका मान्छेहरू कस्ता छन भन्ने त्यो सबै बुझिने अवसर पाइयो। इतिहास बनाउनको लागि साइकल यात्रामा हिडेको हो। सबै पालिकामा कुनै स्थानीय तहमा ठिक छ भन्छन् भने केही ठाउँमा कसलै नराम्रो भन्छन्।

साइकल यात्रामा हिड्दा खाना र बासको लागि कोही कसैले सहयोग गर्छन। धेरै जसो मान्छेहरुले सहयोग गर्दैन। बाटो हिडदा जहाँ मान्छेहरूको बास बस्ने ठाउँ रहेकोे छ। त्यही ठाउँमा गएर कहिले गोठमा कहिले घरमा बास बस्दै साइकल यात्रा भैरहेको ७२ वर्षीय साइकल यात्रु राम भक्त कौडियन्रीले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, असार १०, २०८१ 0६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट