October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

  • सेती कर्णाली खबर
  • शनिबार, असार १, २०८१ 0४:१८
उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उमेश रोकाया,०१असार/बाजुरा- पछिल्लो समयमा परम्परागत उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा गएको छ।

पुर्खा बाट चलनचल्तीमा ल्याएको भेडा अथवा बाख्रा बाट उत्पादन हुने उनलाई गाउँ घरमा विभिन्न राडी पाखी बनाउदै आइरहेका छौँ। उन बाट बोल्दया, काम्लो, लिउ र फेर्‍या जस्ता ओढ्न ओछ्यान मिल्ने राडी बनाउने गरेका थिए। परम्परागत रूपमा उनबाट हरेक किसिमका कपडा बनाउन गर्दै आइरहेका पेशागत काम अहिले भन्दा पहिलो अवस्था हेर्ने हो घट्दै आइरहेको छ।

पहिला उनका कपडा लगाउन मिल्ने तथा ओढ्ने ओछ्यान सकिने चिसो सिजनमा तातो बनाउने राडी ठुलो मद्दत गर्छ। अरु भन्दा यसको कपडा गाउँ घराना सस्तो टिकाउ भरपर्दो कपडा मानिन्छ। पहिला भेडा बाख्रा गाउँमा धेरै जसो खेती संगै त्यसको व्यवसायका रूपमा पाल्ने गरेका हुन्थ्यो। भने उत्तिकै उन उत्पादन हुने उनबाट बुनिने कपडा सबैको घर घरमा राखेका हुन्थ्यो। अहिले बजार बाट रेडिमेट कपडा आइसकेपछि उनबाट बनेको राडी पाखीको महत्त्व घट्दै आइरहेको हिमाली गाउँपालिका वडा नम्बर ६ का डबल भण्डारीले बताए।

जमाना फेरबदल संगै सबै थोक फेरिएको पाइन्छ। पहिला जसो भेडा बाख्रा पालन गर्ने व्यवसाय गाउँमा छोड्दै आएका छन। अब युवा यो पेशा भन्दा पढाई, जागीर तथा विदेश सिलसिलामा बढी गाउँमा युवा बाहिर अत्यधिक मात्रामा हुँदा यसले गर्दा भेडा व्यवसाय घट्दो क्रम संगै राडी काम्लाको चलनचल्तीमा कमि भएको देखिन्छ। जसले गर्दा गाउँमा राडी पाखी कपडा भन्दा बजारबाट ल्याएका रेडिमेट कपडा ९५ प्रतिशत प्रयोग भैरहेको भण्डारीले बताए।

पहिला बुढाबुढी आफूसंग उन घरमा नभएपनि हुम्ला र जुम्ला मान्छे गाउँ भेडा पालन ल्याएपछि खरिद गरेर पनि लिउ, काम्लो, बोल्दया र फेर्‍या जस्ता कपडा बनाउने काम अहिलेसम्म गरेका छन। पछिल्लो समय परम्परामा चलाउदै आइरहेका बुढापाखा मान्छेहरूले मात्र राडी काम्लो प्रयोग गर्न गर्छन। धेरै जसो यहाँका स्थानीयहरुले बजार बाट रेडिमेट डस्ना, कमल, बलकेट लगायत सामाग्री बजार क्षेत्रमा प्रशस्त प्रतिस्पर्धा बिक्रीवितरण गरेको हुँदा अहिले पुरानो चलन चलेका राडी पाखी ओढ्ने ओछ्यान चलन कमै रहेकोे पाइन्छ।

अहिले उन कम पाउने गर्छ भने राडी काम्लो धेरै जसो कम व्यक्तिले बुनिने गरेको छ। राडी काम्लो बनाउन झन्झटिलो र समय खर्च हुने हुँदा गाउँ घरका अधिकास स्थानीयले कम प्रयोग गरेको देखिन्छ। बनाउन झन्झटिलो भएपनि सस्तो टिकाउ संगै हिउँद बर्खा सिजन प्रयोग गर्न मिल्ने खालको हुन्छ। बाहिर बजारको कपडा बराबर रुपैयाँ किन्न मिल्ने किसिमको हुन्छ। यसले गर्दा प्राय मान्छेहरू राडी काम्लो भन्दा रेडिमेट कपडा प्रयोग गर्न सजिलो मान्ने गरेको हिमाली गाउँपालिका वडा नम्बर ६ का गुरु रोकायाले बताएका छन।

धेरै जसो बुढाहरुले राडी काम्लो बुनिने गरेपनि आफ्नो परिवारलाई प्रयोग गर्ने गर्छन्। वर्षमा धेरै बनाउन नसके पनि ५ देखि ८ वटा सम्म राडी पाखी बनाउन सकिन्छ। यसलाई बिक्री गर्न गार्‍हो भएको हुँदा यसले समस्या परेको छ। जतिसुकै गाउँमा बनाउने गरेपनि बाहिर बिक्रीवितरण कमि भएकै कारणले अहिले समय परिवेशमा अनुसार घट्दो क्रममा रहेकोे छ। अगाडि समय हेर्न हो भने गाउँ धेरै कम मान्छेले मात्र फाट्टफुट्ट राडी काम्लो बुनिने काम गर्छन्।

गाउँमा उनबाट बनाउने काम्लो, लिउ, बोल्दया र फेर्‍या लगायत कपडा विशेषगरी पाहुनालाई स्वागतयोग्य मानिन्छ। अरु कपडा भन्दा हलुका सस्तो भरपर्दो बलियो हुन्छ। यसको कपडा जहिले पनि प्रयोग गर्दा आकर्षक र तातो खाले राडी पाखी पुर्खा बाट प्रयोग गर्दै आइरहेको छौँ। अहिले गाउँमा उनबाट बुनिने राडी पाखी काम्लो, फेर्‍या, लिउ र बोल्दया जस्ता कपडा प्रयोग परम्परागत घट्दो क्रममा आइरहेको गाउँका बुढापाखा ७० वर्षीय रोकायाले बताए।

  • सेती कर्णाली खबर
  • शनिबार, असार १, २०८१ 0४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट