October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ 00:१४
वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो  बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

बाजुरा/ मार्तडी कोल्टी सडक खडक अन्तरगत  पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ जिल्लीमा रहेको जिल्ली पहिरो बर्षायाम सुरु भएसंगै बग्न सुरु भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो बग्न सुरु हुँदा स्थानियमा फेरी निराशा छाएको छ । करिब दुई बर्ष अगाडी नै बग्न सुरु भएको उक्त पहिरो पानी पर्ने बितिक्कै निरन्तर बग्न सरु हुन्छ त्यसैमा अब बर्षायाम सूरु भएसंगै पहिरो बिस्तारै बग्न थालेको हो ।

बर्षायाम सुरु भए लगत्तै पहिरो बिस्तारै बग्न थालेपछि जिल्ली बासीहरुमा निराशा छाएको छ । जिल्ली बासीमात्र नभई सबै वडाबासीहरुको चिन्ताको बिषय उक्त पहिरो बनेको छ । असारको महिना लाग्नै लाग्दा राति लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो बग्न सुरु भएको हो । पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । मार्तडी कोल्टीसम्म सडकखण्ड कालोपत्रे गरेको भए अलि राहत मिल्ने थियो तर अब त्यो आशा पनि नरहेको स्थानिय बताउन्छन् । पहिरो बग्न सुरु भएको करिब दुई बर्ष बित्यो पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सानंसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा समस्या भएको स्थानियले बताएका छन् ।

बैकल्पिक उपाय नअपनाएको खण्डमा पहिरोले मानिसको आवतजावतमा समस्या संगै यातायातका साधन सञ्चालनमा समस्या हुने भएको छ । मार्तैडी देखि कोल्टी सम्मकै यात्रा कठिन हुने भएको छ । रोडमाथिबाटै लगातार पहिरो बग्न थालेपछि स्थानियका कतिपय खेतियोग्य जमिनहरु जोखिममा परेका छन् । उक्त पहिरोले पहिलो बर्ष पनि कतिका घरजग्गा समेत बगाएको थियो यो बर्ष पनि जग्गाजमिन सखाप पार्ने भन्दै स्थानियले दुखेसो पोखेका छन् । स्थानियका खेतीयोग्य जमिन पहिरोले बगाउँदा स्थानियमा निराशा छाएको छ । रामा्रो अन्न उत्पादन हुने खेतीयोग्न जमिन बगरमा परिणत हुँदा स्थानियहरुमा चिन्ता थपिएको हो ।

पहिरो बिस्तारै बग्न थाल्यो अब हामीलाई आवतजावतमा पनि समस्या भयो बाटोमा हिडौ माथिबाट पहिरो आएर चेपिने डर नहिडौ भने सबै काम ढप्प रहने अब असारको महिना सुरु हुनै लाग्दा पहिरो बग्यो ,अन्य सबै ठाँउका मानिसहरु खेतबारी जोत्न खन्नमै ब्यस्त छन् हाम्रो भने पहिरो बग्न सुरु हुँदा चिन्ता थपिएको पहिरोले पुरै जग्गा भाँसिने डर अर्कै छ जिल्ली बासीहरुले बताएका छन ।पहिरो सुख्खायामै पनि बगिरहन्थ्यो अब त बर्षायाम सुरु भएको छ अब पहिलेको बर्ष झै यो बर्ष पनि पहिरोले कतिको जग्गा जमिन बगाँउछ पहिरो गएको दुई बर्ष भन्दा बढी भयो यसको रोकथामको लागी न कसैले पहल गरेका छन पहिरो बर्षायाम सुरु भएसंगै बग्न थालेको छ पहिरो बग्न सुरु हुँदा ससाना बालबालीका लगायत बृद्धबृद्धाहरुलाई आवतजावतमा समसया सुरु भएको स्थानियहरुले बताएका छन ।

पहिरोका कारण मार्तडी कोल्टी सम्मको यात्रा पनि असहज हुदै गएको देखिन्छ माथिबाट ठुलो पहिरो बग्न थालेको छ यातायातका साधन पनि पहिरोकै हिलोमा अड्किन्छन वारपार गर्न पनि यातायातका साधनहरुलाई असहज भएको एक जना गाडी चालकले बताएका छन ।भख्खर बर्षायाम सुरु हुँदै सडकको हालत यस्तो छ पुरै बर्षायाम आउँनै बाँकी छ त्यो समयमा त यहाँ गाडी त के मानिसहरुले पनि वारपार गर्न नपाउँने गाडी चालकको भनाई रहेको छ ।बर्षायाम सुरु भएसंगै पहिरो दिन प्रतिदिन बग्दै गएको छ पहिरोले ठुलोठुलो आकार ओगेट्दै गएको छ पहिरोले सबै घरजग्गा बगाई बगर जस्तै बनाएको छ । एक बर्ष अगाडी यहि पहिरोले आफ्नो घरजग्गा बगाउँदा निकै समस्या भएको थियो सको लागी कुनै पनि सम्बन्धित निकायको ध्यान गएको छैन् जनताहरु पिडा सहेर बाँचिरहेका छन् ।

स्थानिय सरकारले पनि कानमा तेल हालेर बसिरहेको छ,स्थानिय सरकारले अनुगमन धेरै गर्यो तर कतै पनि पहिरोको रोकथामको लागी समन्वय सहकार्य गरेन्,जिल्लाबाट सरकारको उच्च पदस्थमा बसेका नेताहरु पनि यसबारे चुईक्क बोल्दैनन् । स्थानियलाई मात्रै नभई सम्पुर्ण वडाबासी हुँदै मार्तडी देखि कोल्टीसम्मको यात्राको असहजता यहि पहिरो बन्ने गर्छ एक जना स्थानिय उपेन्द्र जैशिले बताएका छन । पहिलो बर्ष यहि पहिरोका कारण आफ्नो घर समेत बगेको र जग्गा पनि बगाएको मार अहिलेसम्म भोगीरहेको उनले बताए ।बर्षायाम सुरु भएसंगै पहिरो बग्न सुरु हुँदा जिल्ली बासीहरु मात्र नभई पुरुै वडाबासीहरु मारमा परेका छन । पहिरोमा यातायातका साधन जान सक्दैनन बजारबाट सामान पनि महंगो भएर जान्छ सबै वडाबासीहरु महंगीको चपेटामा पर्ने गरेका छन् । मार्तडी कोल्टी सडकखण्ड कालोपत्रे हुने भनिएको भएपनि अहिलेसम्म गतिलो गरेर काम अगाडी नबढ्दा समस्या भईरहेको छ ।
पहिरोको उचित रोकथाम को लागी बिभिन्न कार्य अगाडी बढाए पनि बर्षायाम सुरु हुने बितिक्कै पुनः पहिरो बग्न लागदा समस्या भईरहेको वडाअध्यक्ष धर्मराज पाध्याले बताएका छन । यसको रोकथामको लागी आफुले पहिले पनि पहल गरेको अहिले पनि पहल गरीरहेको हुँदा पनि समस्या समाधा हुन नसकेको अध्यक्ष पाध्यायले बताए । जब बर्षायाम सुरु हुन्छ तब पहिरो बग्न सुरु हुन्छ यसले बडाबासी मात्रै नभई माथिल्लो क्षेत्रतिरका सबै स्थानिय बासी संगै छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकहरुलाई पनि समस्या भईरहेको उनले बताएका छन् ।

दिनभर माैषम सफा भए तापनि राति माैषम प्रतीकुल भई पानी पर्दा रातभरकाे अबिरल बर्षातले गर्दा पहिराे दिन प्रति दिन बग्न थालेकाे हाे। दिनहुँ पहिराे बग्न थालेपछि दैनिक आवतजावत संगै यातायातका साधनहरु सञ्चालन गर्न निकै समस्या परेकाे छ । पहिराेमा यातायातका साधनहरु अड्किने हुदा सञ्चालनमा समस्या भएको हाे । दैनिक यात्रु बाेकेर मार्तडी- देखि काेल्टि सम्म जाने जिपहरुलाई निकै समस्या भएको छ ।पहिराले दैनिक जीवन कष्टकर बन्नुका साथै यातायात साधन सञ्चालन संगै बिद्यालय पढ्न जाने बिद्यार्थीहरुलाई समेत समस्या हुन थालेको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ 00:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट