October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:१८
आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

बाजुरा- पोलियो रोग विरुद्धको आई.पि.भी खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।शनिबार सदरमुकाम मार्तडी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हाे।

जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खाेप अभियानका बारेमा जानकारी गराईएकाे थियाे ।उक्त खाेप अभियान जेठ १३ आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी खोप अभियान जिल्ला बाजुरामा पनि सञ्चालन गर्न लागिएको शनिबार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेकाे सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रममा बताईएकाे हाे ।

आई. पि. भि. खाेप अभियान जिल्लाका नाै वटै स्थानिय तहका करिब ७ हजार ३ सय १९ जना बालबालिकालाई खाेप लगाउने कार्यक्रम रहेकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । उनका अनुसार आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खाेप लगाउने तयारी रहेको बताएका छन्। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म पनि उनीहरुको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने कार्यालय प्रमुख चन्दकाे भनाइ रहेकाे छ ।

जिल्लाका सबै स्थानिय तहका बालबालिकालाई लक्षित गरि खाेप लगाईने भएको छ । लक्षित जनसंख्याकाे आधारमा जिल्लाभर ७ हजार ३ सय १९ जना बालबालिकालाई उक्त खाेप लगाईने भएको छ। सबै भन्दा बढि बुढिनन्दा नगरपालिकामा १ हजार २ सय ५९ बालबालिकालाई खाेप लगाईने भएको छ भने सबैभन्दा कम गाैमुल गाउपालिकामा ३३६ जना बालबालिकालाई खाेप लगाईने भएको छ । त्यस्तै क्रमशः बुढिगङ्गामा ११७८, खप्तडमा ९९२, त्रिबेणिमा ९५३, बडिमालिकामा ८४२, स्वामिकार्तिकमा ७०२, हिमालिमा ५६० र जगनाथमा ४९७ लक्षित जनसंख्याकाे आधारमा खाेप लगाईने भएको छ ।

जिल्ला बाजुरामा ३०० वटा खोप केन्द्र तोकिएका छन् ।सबै भन्दा बढि बुढिनन्दामा ४७ र सबैभन्दा कम २७ वटा खाप केन्द्र रहेका छन् सबै स्थानिय तहका खाेप केन्द्रहरुमा खाेप पठाईसकिएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खाेप बिद्यालमा सञ्चालन गरिने भएको छ । एक खाेप केन्द्रमा १ जना स्वास्थ्यकर्मी गरि तीन सय स्वास्थ्यकर्मी र ६ सय स्वयम् सेवक खटिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?