October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा पत्रकार निमेन्द्र शाही सम्मानित

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ११, २०८१ १४:१0
बाजुरा पत्रकार निमेन्द्र शाही सम्मानित

राजेन्द्र विक,बाजुरा- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको तेस्रो अधिबेशन तथा चौथो साधारण सभामा बाजुरा पत्रकार निमेन्द्र शाही सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको तेस्रो अधिबेशन तथा चौथो साधारण सभामा शाहीलाई ‘दुर्गम क्षेत्र पत्रकारीता सम्मान’ बाट सम्मान गरेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले बताए । दुई दशकदेखी बाजुरामा क्रियाशिल पत्रकारिता गर्दै आएका शाही हुम्ला,बाजुरा र मुगुका समाचार सम्प्रेसण गर्दै आएका छन्।

राजधानी दैनिक,रासस, सगरमाथा, टेलीभिजन,बन्यूज २४ टेलिभिजन, शिलापत्र र उज्यालो नेटवर्क लगाएतका संचार माध्याममा काम गरिसकेका शाही दुर्गमका खोज समाचार लेख्दै आएका छन् । शाहीले यस अघी पनि शिक्षा पत्रकारिता पुरस्कार, बाल संबेदनशिलता पुरस्कार, सरसफाई पत्रकारिता पुस्कार प्राप्त गरिसकेका छन्।

पत्रकार शाहीसंगै जेष्ठ पत्रकारिता सम्मान शिद्धराज भट्ट, पत्रकारिता सम्मान कर्ण शाह, अर्जुन शाह र राजेन्द्र नाथ, सञ्चार गृह पत्रकारिता सम्मान दीर्घराज उपाध्याय, महिला पत्रकारिता सम्मान हेमन्ती चौधरीलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ११, २०८१ १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट