October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ४, २०८१ १७:२४
स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा

उमेश जङग शाही

४जेष्ठ बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।   पाँचै वडाका स्वास्थ्य  चौकिमा इन्टरनेट  जडान गरी  लाइजेसन बनाएर विरामिको उपचार परामर्श  डाक्टर ले सहरका अस्पतालबाट दिने  सेवा  थप्नु पर्ने कुरामा जोड दिइएकोथियो । स्वामिकार्तिक खापर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एक कार्यक्रमका विच पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । वैशाखको पहिलो साता देखि वडा घोषणा हुदै आज पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पारस बहादुर शाहीको भनाइ थियो।

उहाँले जन्मे देखि १५ महिना सम्मका वालावालिकाले नियमित खोप पाईरहेका र १६ देखि ५९ महिनाका वालवालिकाले पाउनु पर्ने १३ रोग विरुद्धका नौ वटा खोप पाईसकेकाले पालिकालाई पुर्णखोप युक्त पालिका घोषणा गरिएको बताए ।गाउँपालिका भित्र जन्मे देखि १५ महिनाका २८१ वालवालिकाले खोप लगाउदै भए पनि १६ देखि ५९ महिनाका १ हजार २६ वालावालिकाले पाउनु पर्ने सवै खालका खोप पाईसकेका उहाँले बताउनुभयो । वडाका स्वास्थ्य संस्था र खोप केन्द्रबाट नियमित खोप कार्यक्रम सञ्चालन हुदा वालवालिकालाई खोप लगाउन सहज हुने गरेको छ । शुभकामना मन्तव्यमा बोल्दै वडा नं १ का अध्यक्ष अजय बिकले आगामी  दिनहरुमा बिभिन्न सर्ने तथा नसर्ने रोगहरु सम्बन्धि  विद्यालयमा बालबालिका लाई  महिनाको १ पटक स्वास्थ्य  कर्मिले जानकारी गराउनु पर्ने व्यवस्था  गाउपालिकाले गर्नु पर्ने भनाइ राखेका थिय भने वडानं ५ का वडा सदस्य  लाल महताराले पनि स्वास्थ्यलाई नै प्राथमिकता  दिनु पर्ने कुरामा जोड दिएका हुन। दिगोपन बनाउनका लागि आगामी दिनमा उचित ब्यवस्थापन गर्न सकियो भने पालिका स्वास्थ्य क्षेत्रमा अब्बल देखिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले पालिकालाई पुर्ण खोप युक्त बनाउन सहयोग पुर्याउने स्वास्थ्यकर्मी र स्वयंसेविका लगायत सहयोगी निकायलाई धन्यवाद दिनुभयो । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीका कारण कहिँकतै गुनासो नआएको बताउनुभयो । उहाँले नागरिकको प्रत्यक्ष जीवन संग जोडिएको स्वास्थ्य क्षेत्रको गरीमा उचाई राख्ने काम स्वास्थ्यकर्मीबाट भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ४, २०८१ १७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट