May 31, 2025 | शनिबार, जेष्ठ १८, २०८२

एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १५:३२

बाजुरा : एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिका बीच स्वास्थ्य उपचार सेवाका लागि सहकार्य गर्न सम्झौता गरिएको छ । बुढीनन्दा नगरपालिकाका नागरिकलाई निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सहकार्य सहीतको सम्झौता गरिएको छ ।

वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र जटिल प्रकृतिको विपन्न परिवारको विरामीलाई शल्यक्रियासम्मको उपचार सेवाका लागि समेत पालिकाको सिफारिसमा उपचार सहयोग गर्ने गरि सहमति भएको छ ।

नगरपालिकाका तर्फबाट नगर प्रमुख जनक कुमार बोहरा र एकएक पाइला नेपालका तर्फबाट डाक्टर सुमन शमसेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एक एक पाइला नेपालले नेपालका दुर्गम क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सेवामा सहयोग गर्दै आएको छ ।

गएको बैशाखको २४ देखि २७ गतेसम्म पनि कोल्टीमा निशुल्क बिशषेज्ञ उपचार सेवा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताएका छन् । पालिकाको खर्चबाट आयोजना गर्नुपर्ने शिविर अब वर्षको एक पटक मात्रै गर्नु परेको खण्डमा एक एक पाइला नेपाल आफैले आफ्नै लगानीमा गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा उल्लेख गरिए अनुसार शिविर हरेक वर्षको जेष्ठ र बैशाख मध्ये कुनै एक महिना गर्ने भनिएको छ । बुढीनन्दा नगरपालिकाले स्वास्थ्य सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि एक एक पाइला नेपालसम्मका निकायसँग सहकार्य गरिरहेको छ ।

सम्झौता अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दाँच उपचार सेवाका लागि पनि सहकार्य गर्ने सहमति गरिएको छ । हरेक बर्षको एक पटक ३ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि आँखा सम्बन्धि मोतिया बिन्दुको शल्यक्रिया,नाक,कान,घाँटी रोग सेवा,कानको शल्यक्रिया र दाँत रोग सेवा उपलब्ध गराउने सम्झौता पत्रमा लेखिएको छ ।

पाँच वर्षका लागि गरिएको सम्झौता कार्यान्वयन भएमा कुन्ना क्षेत्र लगायत कर्णाली प्रदेश–मुगु, हुम्ला र कालिकोट लगायतका जनताका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

आर्थिक रुपमा अति गरिब र विपन्न समुदायका लागि यो सहमतिले ठूलो राहत हुने नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । गएको बैशाखमा शिविरमा मात्रै ४ हजार ५ सय बढीले सेवा लिएका थिए । सम्झौताले कुन्ना क्षेत्रलाई खुसीको सन्देश प्रवाह भएको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।