October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका- ७ बाँधु आलु पकेट क्षेत्रमा कृषक बिउ लगाउन सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ८, २०८० १४:५0
हिमाली गाउँपालिका- ७ बाँधु आलु पकेट क्षेत्रमा कृषक बिउ लगाउन सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधुमा आलु पकेट क्षेत्र बिउ लगाउन कृषकले सुरु गरेका छन।

विशेषगरी पालिका भरी आलु पकेट क्षेत्र भनी चिनिएको बाँधु गाउँमा करिब १० हेक्टर भन्दा बढिको आलु पकेट क्षेत्रमा लाग्ने आलु गाउँपालिकाले वितरण गरेको छ। हिमाली गाउँपलिका आर्थिक तथा कृषि प्राविधिक सहयोगमा अगुवा कृषकलाई आलु लगाउने विधि सहित सिकाएर आलु लगाउन सुरु गरेका हिमाली गाउँपालिका कृषि विकास शाखा कृषि विज्ञ पुजन थापाले बताएका छन।

अगुवा कृषकलाई डिजिरे, काडिनल, पिबिस निलो, रातो र अरु अन्य स्थानीय स्तरमा फल्ने जातका गरि ५ भन्दा प्रकारका आलु लगाएका छन। १० हेक्टर जमिनमा ५२ वटा पल्ट बनाएर उन्नत जातको आलु कृषकले लगाएको छ। आलु बीउ लगाउने काम विशेषगरी गाउँपालिकाको महत्त्वपूर्ण सहयोगमा आलु पकेट क्षेत्र बिउ लगाउन कृषकले सुरु गरेका छन।

बाँधु गाउँका अगुवा कृषकले आलु पकेट विस्तार गरे संगै मेहनत गरेर आलु फलाउने हो भने आर्थिक क्षेत्रमा फलदायी हुने छ। गाउँमा आय आर्जन बढदो अवस्था रहने भएको छ। आलु अगुवा कृषकलाई आफू खाने मात्र नभएर बजारीकरण गरियो भने गाउँमा आम्दानी स्रोत देखिन्छ। आलु मात्र नयाँ प्रविधि ढङ्गले अगाडी लैजाने र गर्नसक्ने जोसुकै अगुवा कृषकलाई राम्रो उन्नति प्रगति हुने सक्ने कृषि विज्ञ थापाले जनाएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ८, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट