October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रास्वपाले गठन गर्‍यो १२ सदस्यीय सचिवालय, स्वर्णिम वाग्ले उपसभापति

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० १0:४५
रास्वपाले गठन गर्‍यो १२ सदस्यीय सचिवालय, स्वर्णिम वाग्ले उपसभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय गठन गरेको छ । उक्त पार्टीको जलेश्वरमा जारी संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो ।

रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ ।  यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।

सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ ।

यी हुन् पदाधिकारीहरु 

१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट