October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाठ गर्दै मनाए गाउँमा

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० 0४:५७
कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाठ गर्दै मनाए गाउँमा

उमेश रोकाया/बाजुरा- कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाट गाउँमा भव्य मनाएका छन।

परम्पराले मनाउदै आएको कालिका देवी पुजा निरन्तर मनाउदै आएको छन। विगत लामो समय देखिनै ढुंगा खोका बनाएको ठाउँमा पुजा गरिने चलन रहेकोे थियोे। आर्थिक वर्ष २०७९/०८० शुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक तथा शिक्षा बिकास मन्त्रालयको १५ लाखको अनुदान रकम र २ लाख् ४४ हजार जनश्रमदान गरेर २०८० बैशाख महिनामा नयाँ मन्दिर सम्पन्न भएको हो।

गाउँ बसोबास गर्दै आइरहेको समय देखि कालिका देवीको पुजा गरिन्छ। कोल्टीमा मौलो पुजा गरे संगै गाउँमा पनि कालिका देवी मन्दिरमा मौलो पुजा पाट गरिने चलनचल्तीमा रहेकोे छ। वर्षको दुइचोटी पुजापाट गरिदै आएका छौ। हालसम्म हामीले चैत दशैको अवसरमा बोका बलिदान दिने गरिन्छ। भने बडा दशै असोज महिनामा परे बोका बलिदान गर्ने कार्तिक महिनामा भयो भने रागो बलिदान गरेर पुजा गरिदै आएको हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताएका छन।

पहिलो भन्दा अहिले भन्ने सबैभन्दा पहिलै देवीको रूपमा स्थापना भएको हिमाली गाउँपालिका वडा नम्बर ६ स्थिति पाँडी गाउँमा रहेकोे कालिका देवी रहेका छन। त्यो देवता संगै दहछल, मष्टा, इस्यामी, बाह्र देवी देवता, समजु र कालिका देवीको पुजा गरेर मान्दै आइरहेका स्थानीय चीन बहादुर रावलले बताएका छन। पहिल्यैदेखि नै सानो ढुंगाको खोका बनाएर पुजा गरिरहेका थियौं।

पछिल्लो समय स्थानीय सरकार तथा प्रदेश सरकार माग गर्दा प्रदेश सरकारको अनुदानबाट मन्दिर निर्माणकार्य बनाउन सफल भएका छौँ। सबैभन्दा पहिला स्थापना भएको कालिका देवी मानिन्छ। नयाँ निर्माण भएको मन्दिर भित्र पुजा गर्ने पाउदा गाउँका सबै खुशी व्यक्त गरेका छन। गाउँमा कालिका देवीको मन्दिर नयाँ निर्माण भए पश्चात् बडा दसैं अवसर पारी प्रतिष्ठा गरेर मौलो पुजा गरेको स्थानीय रावलले बताए।

सुरु देखि कालिका देवी पुजा गर्दा पहिला बनाएको ढुंगाको सिल राखेको सानो ढुङ्गा पुजा गरि राखेका थियौं। संघीयता लागु भए पश्चात् सुदुरपश्चिम प्रदेश सरकार बाट अनुदान सहयोगमा नयाँ मन्दिर निर्माण भएको हुँदा हामी सबै खुशी भएका छौ। दशै अवसर पारी नयाँ बनाएको कालिका देवीको मन्दिरमा पुजा पाट गर्न पाउदा खुशी भएको पुजारी मोतिलाल थापाले बताएका छन। एक वर्ष चैते दशै र बडा दशैको अवसरमा पारी कालिका देवीको बडा दशैको नवमी दिनमा खसी बोका लगायत रागा बलि दिएर पुजा गरिदै आइरहेको पुजारी थापाले बताएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० 0४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?