October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालगंज बाट खाध्यान्ह बाेकेर हुम्ला जाँदै गरेकाे ट्रक दुर्घटना

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० १२:५८
नेपालगंज बाट खाध्यान्ह बाेकेर  हुम्ला जाँदै गरेकाे ट्रक दुर्घटना

असाेज ७ बाजुरा
नेपालगंज बाट हुम्ला खाध्यान्न बाेकेर आयकाे ट्रक बाजुरा काे गन्नाथ गाउँपालिका वडा न. ३ अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटना भएकाे छ दुर्घटनामा परी तीन जना घाइते एका छन् ।
नेपालगंजकाे सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१६- ०५५७ नम्बरको मिनिट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक भण्डारीका अनुसार ट्रक सडक खण्डबाट अन्दाजी दुई सय मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका ४ का अन्दाजी ३६ वर्षीय देबिराम सिजापती गम्भीर घाइते भएका छन् । उनको खुट्टा भाचिएको र टाउकोमा समेत चोट लागेको प्रहरी निरीक्षक भण्डारीले बताए । उनको अवस्था गम्भीर रहेको पनि प्रहरी निरीक्षक भण्डारीको भनाई छ । चालक संगै घाइते भएका सहचालक दैलेखको दुल्लु नगरपालिका २ का अन्दाजी १८ वर्षीय अर्जुन विक र अन्य एक जना जाजरकोट बिरेन्द्र नगर नगरपालिका १२ का अन्दाजी २२ वर्षिय मोहन घर्तेर मगर पनि सोही ट्रक पनि सवार रहेका थिए । उनी पनि घाइते भएका छन् ।

सह-चालक सहितका अर्का एक जनाको अवस्था सामान्य भए पनि चालकको भने अवस्था गम्भीर रहेको घटना स्थलतर्फ खटिएको प्रहरीको भनाईलाई उदृद गर्दै प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । दुर्घटना के कति कारणले भएको भन्ने जानकारी आउन भने बाँकी घटनारहेको छ । प्रहरीको टोली घटनास्थल तर्फ खटिएर प्रहरीले घटना स्थलबाट उद्धार गरि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट