October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १०, २०८० १३:४२
हिमालीमा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गरिएको छ।

आर्थिक वर्ष २०७९/०८० को पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गाउँपालिका सभा हलमा गरिएको छ। स्वास्थ शाखा आयोजनामा भदौ १० आइतबार स्वास्थ कार्य सम्बन्धि एक दिने कार्यक्रम गरेका छन। वर्ष भरी गरेका कामकाज स्वास्थ क्षेत्रमा रहेका कामका प्रतिवेदन पेश गरेर सार्वजनिक गरेका छन। गाउँपालिका ११ वटा स्वास्थ सेवा केन्द्रका इन्चार्ज सहभागिता गराइ स्वास्थ क्षेत्र एक वर्ष भएका कार्य प्रतिवेदन एक औपचारिक कार्यक्रम बिच सुनाइ गरेका छन।

स्वास्थ सेवा केन्द्र एक वर्षमा गरेका कामलाई थप प्रभावकारी बनाउन यो समिक्षा कार्यक्रम गरिएको छ। पहिलो भन्दा आउने दिन हरुमा स्वास्थ क्षेत्रमा काम गुणस्तरीय गराउन र स्थानीय मान्छेलाई गुणस्तर सेवा प्रदान गर्नका निम्ति गरिएको हो। सबै स्वास्थ संस्थामा विभिन्न किसिम सेवा उपलब्ध भएका कामहरू नियमित गराउन स्वास्थ कर्मिलाई भनिएको छ।

वार्षिक समिक्षा कार्यक्रम सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल वडा अध्यक्ष सबै स्वास्थ संस्था इन्चार्जहरुको सहभागिता आर्थिक वर्ष २०७९/०८० को पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गाउँपालिका सभा हलमा गरिएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १०, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट