October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ ६, २०८० १८:५७
रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर सिंहको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। प्रमुख अतिथि स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया रहका छन।

भने अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया , कृषि शाखा प्रमुख विनोद शाही , लिबर्ड परियोजना अधिकृत कैलाश भट्ट , लिबर्ड प्राविधिक सहायक लाल बहादुर खड्का, गाउँपालिका ना. प्रा.स.तृथ राज बुढा, स्वामी कार्तिक बीउ बैंक अध्यक्ष टेकेन्द्र बहादुर सिंह लगायत ४ ओटा कृषि समूह सहित ६० जना कृषकहरुको उपस्थितिमा बुधबार कृषि जैविक विविधता ब्लकको अनुसंधान परिक्षण अबरोधहरुको समाधान देखि रैथाने बालीको प्रवर्द्धन  बारेमा समीक्षा कार्यक्रम गरिएको हो।

कृषि क्षेत्रमा ५२ ओटा पलटमा लागिएका जातमा मुख्य चिनो लाई प्राथमिकता दिएको छ। चिनोको जम्मा ८ जातमा ६ वटा  नार्क बाट लेहेर आएका थियौं भने २ ओटा स्थानीय नै उत्पादन हो। सबै लगाएका ले राम्रो प्रतिफल दिएको छ। कागुनोमा जुकोटाका स्थानीयले राम्रो उत्पादन गरेको देखिएको छ। मूल बीउको लागि चिनो राखेको छौं भने अरु धेरै वालीहरु फल्नको लागि समय नमिलेर ढिलो भयो। चिनो चाई ६० देखि ७० दिन को बीचमा हार्वेष्ट गर्न मिल्यो। कुनै ठाउँमा ढिलो फल लागेको कारणले गर्दा चल्लाहरुको लागि चिनो आहारा भयोको  कृषि बिकास साखा अधिकृत विनोद शाहीले बताए।

यसको मुख्य उदस्य भनेको रैथाने बालीको उत्पादनमा जोड दिऔँ । गाउँपालिकाको तर्फ बाट गाउँपालिका स्वामीकार्तिक गाउँपालिकालाई रैथाने हव बनाउन को लागि यो वर्ष नी लागि पर्ने बताएको छ। लगाएको बाफत प्रोत्साहन स्वरुप रोपनी बराबर ९ सय रुपैयाँ कृषकलाई बितरण गरेको छ।। स्वामीकार्तिक गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया ले खाद्य बिक्रीकम्पनी  सँग सम्झौता नी गरिसकेको जानकारी दिए । ढुवानी सहजको लागि  सुदूर पश्चिम प्रदेश सरकारको आर्थिक लगानिमा  एम्बुलेन्स गाउँपालिकाले खरिद गर्ने भएको छ।

बजारीकरणको लागि स्वामीकार्तिक बीउ बैंकले  स्वामी कार्तिक र बुढिनन्दामा आफ्नो संकलन केन्द्र  खोलिसकेको भए वर्षौ बितेको भए पनि आगामी दिनमा प्रभावकारी ढङ्गले  बिउबैकमा बीउ संकलन गरेर कृषकलाई समयमै बीउ बितरण गर्ने प्रतिबद्धता  बीउ बैक अध्यक्ष  टेकेन्द्र बहादुर सिंहले जनाए  ।

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ ६, २०८० १८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?