October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा धान रोपेर धान दिवस मनाइयो

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १५, २०८० 0७:३७
बाजुरामा धान रोपेर  धान दिवस मनाइयो

बाजुरा– राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ९ वटै पालिकाका कषि शाखा र  कृषि ज्ञान केन्द्र बाजुराले पनि शुक्रबार धान दिवस मनाएको छ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो ।
असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन रहेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा संचालन भएको दिवसमा बडिमालिका नगरपालिका कषि शाखा, गिफ्ट बाजुरा र मर्सि करप्सको समन्वय तथा सहकार्यमा धान दिवस मनाएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जोशीले बताए ।

No description available.
कृषि ज्ञान केन्द्र बाजुराको प्रागंणमा औपचारीक रुपमा कार्यक्रम सचालन भएर बगरखेतमा गएर रोपाइ दिवस मनाइएको सुचना अधिकारी जोशीले बताए ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायक सिद्ध हुने कृषि ज्ञान केन्द्रको   विश्वास छ ।

No description available.
नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरी प्रसाद पनेरुको अध्यक्षतामा सचालन भएको कार्यक्रमका जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।

No description available.
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,उप प्रमुख नन्दा थापा,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख,राजनितिक दलका प्रुमुख तथा प्रतिनिधी,पत्रकार लगायत सहभागी थिए ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १५, २०८० 0७:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट