October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लेखकले ओलीलाई व्यङ्ग्य गरेर भने महाकालीमा पानीजहाज हैन जयसिंह तुइनबाट मर्नुपर्‍यो

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १३, २०८० १४:१३
लेखकले  ओलीलाई व्यङ्ग्य गरेर भने  महाकालीमा पानीजहाज हैन जयसिंह तुइनबाट मर्नुपर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको समर्थन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा छलफलमा भाग लिँदै लेखकले सरकारको नीति तथा कार्यक्रम आर्थिक सुधार गर्ने, भ्रष्टाचार रोक्ने, शासकीय सुधार गर्ने, रोजगारीमा वृद्धि गर्ने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार, भौतिक पूर्वाधार विकास गर्ने किसिमले आएको दाबी गरेका छन् ।
उनले नीति तथा कार्यक्रममाथि १५ घण्टा बढी छलफल भएको बताउँदै कांग्रेस संसदीय दलले कार्यक्रमलाई समर्थन गर्ने बताए । उनले भने–‘सभामुख महोदय, यो निबन्ध प्रतियोगिता हैन, कुन दस्ताबेजमा के कुरा लेखेको छ । कसले कति राम्रो भाषण लेखेको छ भन्ने कुरा ठुलो हैन यसको कार्यान्वयनको कुरा मुख्य हो । म त महाकाली नदी किनाराको मानिस एक वर्षको नीति कार्यक्रम पढ्दा मलाई स्वर्गको अनुभूति भयो । नीति कार्यक्रम पढ्दै थिएँ । कञ्चनपुर जिल्लाबाट पानीजहाज चढेर डडेल्धुरा हुँदै बैतडी भएर दार्चुलासम्म पुग्ने मैले अनुभूति गरेँ । मलाई बढो स्वर्गको अनुभूति जस्तो भयो ।’
उनले अगाडि भने–‘पानीजहाज पनि चानचुनै हैन, नर्वेजियन क्रुज जस्तै होला भन्ने अनुमान गरेँ । त्यो दिन म झसङ्ग भएर वास्तविकताका र यथार्थको धरातलमा झरेँ जुन दिन त्यो महाकाली नदीमा म जस्ता मानिसहरू पानीजहाज चढेको हैन, जयसिंह धामी तुइनबाट लडेर महाकाली नदीमा डुबेर मरे । महाकाली नदीमा नर्वेजियन क्रुजको यात्रा र तुइन चुँडिएर त्यसै नदीमा मानिस मर्नुको बीचको अन्तर त्यो खाडल हो। हामी यथार्त बोल्छौ तर साँच्चै त्यो कार्यान्वयन कति भएको छ भनी कहीलै पनी साेचेका छै नैा
उनले थपे–‘दुई मिटर दुरीको समस्या छ । सभामुख महोदयको आसनको दाहिनेतर्फको छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ । सबै कुरा राम्रो देखिन्छ, सबै कुरा गजब देखिन्छ । तर समय परिस्थिति संयोगले त्यो कुर्सी दुई मिटर उता अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ । यो मानसिकता र मनस्थितिबाट हामी मुक्त हुन सकेनौँ भने नीति तथा कार्यक्रमलाई जति सुकै राम्रो निबन्धमा लेखे पनि त्यो कार्यान्वयन हुँदैन । नेपाली जनतासमक्ष पुग्न सक्दैन ।’
प्रमुख सचेतक लेखकले ओली सरकारको पालामा भएको कार्यक्रमलाई लक्षित गर्दै काठमाडौँमा एकै बटन थिचेर ७५३ स्थानमा अस्पतालको उद्घाटन गरिएको तर त्यसको कार्यान्वयनमाथि प्रश्न उठाए का छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १३, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट