October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथमा तीन राजनीतिक दलले संयुक्त ध्यानाकर्षण पत्र बुझाउदै दियो ७ दिनको अल्टिमेटम

  • सेती कर्णाली खबर
  • बुधबार, चैत्र ८, २०७९ १८:0४
जगन्नाथमा तीन राजनीतिक  दलले  संयुक्त  ध्यानाकर्षण  पत्र  बुझाउदै दियो ७ दिनको अल्टिमेटम

बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाली काङ्ग्रेस  , नेकपा एकीकृत समाजवादी  र नेकपा माओवादी  केन्द्रले संयूक्त ध्यानाकर्षण पत्र गाउपालिकामा बुझाउँदै ७ दिनको अल्टिमेटम  दिएको छ।

आज जगन्नाथ  गाउपालिकाको कार्यालय जुड्डिमा  नेपाली काग्रेस  गाउँकार्य समिति सभापति सुन्दर  विस्ट , नेकपा  एकीकत  समाजवादीका युवा संघ  केन्द्रीय उपाध्यक्ष धर्म शाही जिल्ला कमिटि सदस्य ऐन बहादुर शाही र नेकपा माओवादीका रमेस वड  लगाएत तिनै पार्टीका अगुवा नेताहरुले संयुक्त रुपमा ध्यान आकर्षण  पत्र  जगन्नाथ गाउपालिका निमित्त  प्रसासकिय अधिकृत रविन्द्र शाहीलाई बुझाएको छन।  सो ध्यानाकर्षण  पत्रमा उल्लेख गरिएका विषयवस्तुहरु

योजना छनोट देखि रोजगारी दिलाउने सम्मका कार्यमा अनियमितता गर्ने गरेको आरोप लगाईएको छ । नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले आज संयुक्त ध्यानाकर्षण पत्र जारी गर्दै जगन्नाथ गाउँपालिकाले विकाश निमार्ण देखि रोजगारी दिलाउने कार्य सम्म एक लौटी गर्ने गरीएको आरोप लगाएका हुन । तीनै पार्टीका प्रतिनिधिले आज २७ वुदे ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आरोप लगाएका हुन ।

जारी गरीएको ध्यानाकर्षण पत्रको पहिलो पृष्ठमा वडा कार्यालयबाट प्रक्रियागत रुपमा छनोट गरीएका योजनालाई ब्यवास्ता गरी गाउँपालिका प्रमुखले पार्टीका कार्यकर्ता केन्द्रित हुने गरी योजना छनोट र वितरण गर्ने गरेको, पालिकामा रिक्त रहेका स्थायी दरवन्दीमा स्थायी कर्मचारीद्धारा पदपुर्ति गर्नुको सट्टा कानुन विपरीत करार कर्मचारी नियुक्त गर्ने गरेको, पालिकाबाट प्रदान गरीने विभिन्न सेवा सुविधा तथा विभिन्न कार्यक्रम वास्तविक लक्षित वर्गमुखि नभई कार्यकर्ता लक्षित र कमिसन मुखि भएको आरोप लगाईएको छ ।

 

त्यस्तै पालिकामा प्रमुख प्रशासकिय अधिकृत ल्याउन पहल नभएको, वडा कार्यालयमा कर्मचारीको ब्यवस्थापन नहुदा सामान्य कामका लागि पनि नागरीकले दुख पाउने गरेको, स्थानिय सरकारले खरिद गरेका दुई पाग्रे र चार पाग्रे सवारी साधान स्थानिय सरकारका वास्तविक ब्यक्ति भन्दा पार्टीका कार्यक्रताले प्रयोग गर्ने गरेको र त्यसबाट हुने खर्चको चरम दुरुपयोग भएको, गाउँपालिकाले जनतालाई सेवा दिने गरी एम्वुलेन्स खरीद गर्नुको साटो गाउँपालिकाका अध्यक्षलाई सुविधा हुने गरी ६० लाखको गाडि खरीद गरी अपरीभाषित ब्यक्तिले प्रयोग गर्ने गरेको र पालिकाबाट प्रदान गरीने सेवा सुविधामा विभेदकारी निति अवलम्वन गर्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

त्यस्तै पालिकाले ६० प्रतिशत रकम सडक निमार्णमा विनियोजन गर्ने गरेको र सो कार्य निमार्णमा आफ्नै डोजर प्रयोग गर्ने गरेको, पालिकाका लागि आवश्यक पर्ने निमार्ण समाग्रि सार्वजनिक खरीद ऐन विपरीत हुने गरी आसेपासे र कार्यक्रतालाई जीम्मा दिने गरेको, आफन्त नातेदारहरुलाई करार  कर्मचारी नियुक्त  गरेको आरोप लगाइको छ।

पन्जिकरण सेवाको विवाह दर्ता, वसाईसराई, जन्मदर्ता, सामाजिक सुरक्षा नविकरण लगायतमा सिफारीसमा चर्काे मुल्य असुल्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ । त्यस्तै गाउँपालिकामा निमार्ण सुरु भएका कालडाँडा सिचाई, शिव गुफा पर्यटन मार्ग, मालिका जाने सडक जस्ता आयोजना अलपत्र पारेको, पुराना भर्ना गरीएका ईसिडी देखि मावि सम्मका विद्यालय कर्मचारी हटाई पार्टीका कार्यक्रता भर्ना गरीएको, पालिका प्रमुखले पार्टीका कार्यक्रता वाहेकका ब्यक्ति उपभोक्ता समिति भएको अयोजना सम्झौता र सम्पन्न सिफारीस नदिने गरेको, प्राकृतिक प्रकोपको क्षेतिको वास्तविक मुल्याकंन नगरी पार्टी निकट र आसेपासेलाई राहात दिने गरेको, योजना निमार्ण समितिमा एकलौटी गरेको आरोप लगाईएको छ ।

ध्यानाकर्षण  पत्रमा उल्लेख भएका केही बुदाहरुमा छलफल गर्ने क्रममा  ४ र६ वडाका वडाअध्यक्षलाई दुबै वडाका स्थानिय र राजनितिक दल संग छलफल गरि वडाको ताला खोलेर दैनिक काम काज गर्न आफुले २ पटक  वडा अध्यक्षलाई भनेको र वडा अध्यक्षले  छलफल गर्न  नसकेको हुनाले आफुले गाउँपालिकाबाट पहलगर्ने , ध्यान आकर्षण  पत्र गाउपालिका अध्यक्ष लाई बुझाउने र आगामिदिनहरुमा गलत काम हुन नदिने र गलत भएका काम सच्याउन लगाउने  गाउपालिका  निमित्त  प्रसासकिय अधिकृत  रबिन्द शाहीले बताए ।

त्यस्तै प्रधानमन्त्री  रोजगार कार्यक्रम  र अध्यक्ष रोजगार कार्यक्रमको माप दण्डअनुसार छनोट  गर्नु,  जो निम्न स्तरका लक्षित वर्गका   नागरिकहरुलाई  छनोट गरेर काम काज गराउनु भनेर वडा अध्यक्षहरुलाई निर्देशन  कार्यपालिकाको मिटिङमा गाउपालिका अध्यक्ष कालिबहादुर शाहीले निर्देशन गरेको हो र वडा अध्यक्षले निर्देशन अटेर गरेर मनोमानी गरेर रोजगारमा छनोट गरेका नागरिक  मापदण्ड  भित्र नपर्ने नागरिकहरु लाई आफुले हटाएर मापदण्ड  भित्र पर्ने नागरिक राख्ने , गाउँपालिकाले बिरामिहरुलाई सेवा दिनका लागि एम्बुलेन्स  खरिद प्रक्रियामा  रहेको  रोजगार संयोजक लक्ष्मण जोसीले बताए।

गाउँपालिकाको स्थायी कर्मचारीहरुले वडा सचिबको जिम्मा लिन नमानेको हुँदा र  सचिब  नभएका कारण करार कर्मचारीलाई  दैनिक काम काज गराएर आफुले प्रमाणित गर्नु पर्ने हुँदा सेवा ग्राहीलाई भने जति सेवा दिन नसकेको र पन्जिकरण सेवामा भिडभाडको क्रममा नाम, लिङ्ग , जन्म मिति लगायत अन्य केही गलत हुन गएमा तुरुन्त  खबर गरि सच्याउन  सकिने गाउँपालिका सुचना अधिकारी राजेन्द्र जोसीले बताएका छन ।

आगामी सात दिन भित्र  गाउपालिकाको वडा नं४ र ६ वडामा  तिनै राजनितीक दल मिलेर  अनियमितताका बिरुद्ध  लगाइएको ताला गाउँपालिकाले  तिनै राजनीतिक दलसंग छलफल गरि दुबै वडाको ताला खोल्न माग राख्दै गाउपालिकाको ध्यान आकर्षण  नभएमा एक हप्तापछि गाउँपालिकामा ताला बन्दी गर्ने चेतावनी समेत दिएको छ।

ध्यानाकर्षण पत्र

  • सेती कर्णाली खबर
  • बुधबार, चैत्र ८, २०७९ १८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट