January 21, 2025 | मङ्लबार, माघ ८, २०८१

बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक २७, २०७९ १४:२६
बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर ३२ जनाले एमालेमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्र बाट एमालेमा प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य ब्रदी बहादुर शाही, जगन्नाथ गाउँ कमिटी सह-इन्चार्ज ललिता सिह, गाउँ कमिटी सदस्य एना शाही, राजेन्द्र सिह, तपेन्द्र सिह, प्रभुराज शाही,लालपुरा शाही ,राही बहादुर शाही, अबि शिह, बिर्ज सिह, नयाँराज शाही, पन्दा शाही, रेशम शाही, काशी ओड, जङगबिर ल्वार, कृण ओड रहेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस पाटी परित्याग गरि प्रदेश कमिटी सदस्य सितल शिह नेकाली, जगत शाही,प्रमिला शिह,सुनिल शिह,खडकमल खत्री,जग दमाई,सुरेन्द्र दमाई,लाल ढोली,चन्द्र बहादुर बढुवाल,अख भन्डारी,बिर्जित भन्डारी,ऐभान दमाई,ऎन ढोली,जन बहादुर दमाई,कार्तिक दमाई र पुरी ढोलीले प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका उनिहरुलाइ प्रदेश निर्वाचन क्षेत्र क का उम्मेदवार बलदेव रेग्मी र एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीले पार्टीमा स्वागत गरेका छन् । पहिलो चरणको घरदैलाे अभियान सकेर पुन: घरदैलाे अभियान गरिरहेका एमालेका प्रदेश क का उम्मेदवार बल्देव रेग्मीलाइ जनताहरुले भारि मतले विजयी गराउने बताएका छन् ।
एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीकाे गृह पालिका समेत रहेकाे जगन्नाथमा एमाले प्रवेश गर्नेको लहर नै लागेकाे छ । जगन्नाथ गाउँपालिका नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा क मा उम्मेदवार बनेका कर्णबहादुर विकको पालिका हाे ।  प्रदेश सभा क कै प्रदेश सदस्यका उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादी पार्टीबाट नरेश शाहीलाई नेपाली काँग्रेसले साथ दिइरहेको देखिन्छ घरदैलो कार्यक्रम संगै गरिरहेका छन । बाजुराको प्रतिनिधि सभा सदस्यका उम्मेदवार  एमाले बाट स्थायी कमिटी सदस्य  कर्ण थापा र गठबन्धनकाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार  नेपाली काँग्रेसका  सह-महामन्त्री  बद्री पाण्डेको प्रतिस्पर्धा  एकदम रोचक तरिकाले हेरिएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक २७, २०७९ १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  