May 10, 2026 | आइतवार, बैशाख २७, २०८३

नेकपा एकिकृत समाजवादिले स्वामिकार्तिक खापर गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १०, २०७९ १६:१५

उमेश जङ्ग शाही,साउन १०बाजुरा – नेकपा एकिकृत समाजवादि पार्टीले विभिन्न माग राख्दै तत्काल संम्वोधन गर्न स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ  प्रशोधन केन्द्र सञ्चालन, ह्याचरी, र्याप्टीगं, लिप्ट ईरीगेशन, भेडापालन, गाउँपालिकाका वासवोड सञ्चालन, सडकको स्तरउन्नती र विद्युतबाट वञ्चित गाउँ तथा वस्तिमा तत्काल विद्युत्त सेवा सुचारु लगायतका योजनालाई तत्काल कार्यन्वयन गर्नु पर्ने उल्लेख गरीएको छ ।

त्यस्तै मुक्तिकोटका कोभिड प्रभावित श्रमिकले पाउनु पर्ने रकम विनियोजन गरी भुक्तानि गरीनु पर्ने, आर्थिक वर्ष २०७८ ७९ को निति तथा कार्यक्रम र कार्यपालिकाको निर्णय वेगरका योजनामा भुक्तानि भएको छानविन गरी सत्य तथ्य वाहिर ल्याउनु पर्ने, करार कर्मचारीको सन्दर्भमा भएको निर्णयले गर्दा सेवा प्रवाहमा वाधा पुगेको हुदा तत्काल नियम कानुन कार्यसम्पादनको आधार म्याद थपिनु पर्ने लगायतका माग पनि ञापन पत्रमा उल्लेख गरीएका छन । त्यस्तै राजनिति आग्रह पुर्वाग्रह अनुसार जनप्रतिनिधि र कर्मचारीको सेवाग्राहिलाई पुर्वाग्राहिका आधारमा भेदभाव गरीएकोले सो गलत कार्य वन्दगरी विना पुर्वाग्राहि सेवा प्रवाह गरीनु पर्ने, आर्थिक वर्ष ०७९/ ८० मा गाउँपालिकाले तय गरेको निति तथा कार्यक्रममा महिलालाई मात्र उपभोक्ता समितिमा राख्ने भन्ने कुराले नेपालको संविधान र समावेशी मुल्य मान्यता विपरीत भएकोले तत्काल संशोधन गरी उपभोक्ता समिति समावेशी वनाउनु पर्ने र वडा नं एकको वडा कार्यालय केन्द्र हाल सम्म विवादित भएकोले सम्वन्धित वडाका जनप्रतिनिधिले निर्णय गरे वमोजिम तत्काल कार्यन्वयन गरी सेवा प्रवाह गर्नु पर्ने लगायतका माग राख्दै नेकपा एकिकृत समाजवादीले  स्वामिकार्तिक खापर  गाउँपालिका अध्यक्ष भरत रोकायालाई   ज्ञापनपत्र बुझाएको  वडा ३कमिटि अध्यक्ष रत्न शाहीले बताए

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १०, २०७९ १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।