October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १६, २०७९ १४:११
किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै वडामा बितरण भएका उन्नत जातका बिरुवा , बोका र वाख्राको स्थलगत अनुगमन गर्ने  गाउपालिका प्रवक्ता गणेश राजगिरिले बताए।
व्यवसायिक रुपले फलफुलखेति र पशुपालन गर्ने यूवा/ युवतिहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप पुरस्कार दिने ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको भनाइ रहेको छ।   जन जिविकामा र प्रत्येक्ष लाभ हुने गरि आयआर्जनका कार्यक्रमहरू यस पटक गाउँ सभाबाट नीति तथा कार्यक्रमहरू पास गरिएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १६, २०७९ १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट