October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चुनाव लगत्तै नेकपा(एस)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख १०, २०७९ 0७:३७
चुनाव लगत्तै नेकपा(एस)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

एकल बहुमतको सरकार बनाउने तयारी
धनगढी, १० बैशाख
नेपाल कम्युुनिष्ट पार्टी(एकीकृत समाजवादी) ले चुनाव पछि एकल बहुमतको सरकार चलाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने निर्णय गरेसंगै नेकपा (एस)ले सुदूरपश्चिम प्रदेश सरकार फेरवदल गरेर एकल बहुमतको सरकार चलाउने तयारी गरेको खुलेको हो ।
५ दलले देशभर चुनावी गठबन्धन गरे पनी संगठन राम्रो पक्कड बनाएको समाजवादीले सम्मानजक उपस्थिती चाहेको थियो । माओवादी र कांग्रेसले एक्ला एक्लै बैठक राख्ने र समाजवादी लाई छायामा राख्ने रणनीति लिए पछि एस पार्टीले छु्ट्टै रणनिती अपनाएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने ।समाजवादीले प्रदेश सरकारमा पहिलो दलको हैसीयतले सरकारको दावी गर्छ । सम्भवतहःजेठ पहिलो साता देखी नै मुख्य मन्त्री प्रति अविश्वासको प्रस्ताव प्रदेश सभामा टेवुुल गर्ने श्रोतको दावी ।
गठबन्धनको सन्देश दिनकै लागी समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर कांग्रेस लाई २ महत्वपुर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराएको थियो । प्रदेश सभामा पहिलो दल (एस) ले स्वभाविक मुख्यमन्त्रीको दावी हो । र पाउनुु पथ्र्याे समाजावदीका नेताले भने हामीले केन्द्र गठबन्धन लाई प्राथमिकतामा राख्यौं । गठबन्धन लाई नै बलियो बनाउन तल्लीन भयौं । सहेर बस्न सकीन्न । हामीलाई मात्रै गठबन्धन चाहिएको होईन । राष्टको आवश्यकता हो । यसमा काग्रेस र माओवादी इमान्दार नभए हामी तुरुन्तै एक्सनमा जान्छौं ।
प्रदेश सभामा ५२ जना सांसद छन । नेकपा (एस) का १४ जना, माओवादीका १३ जना, काग्रेसका १२ जना, एमालेका सभामुख गरेर ११ जना, जसपाका १ र लोसपाका १ सांसद छन् । बहुमत पुर्याउन २७ जना सांसद चाहिन्छ । बहुमत कुनै दलको नभएको अवस्थामा संसदको ठुलो दलले हैसीयतले सरकार चलाउने सक्ने व्यवस्था संविधानले गरेको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख १०, २०७९ 0७:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट