October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोरोना संक्रमितको संख्या बड्न थालेपछी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ७, २०७८ 00:११
कोरोना संक्रमितको संख्या बड्न थालेपछी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट  जडान

बाजुरा –  कोरोना महामारीको तेस्रो लहरसंगै जिल्लामा कोरोना सक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
अस्पतालमा प्लान्ट जडानसंगै सञ्चालनमा आएको अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएक छन् ।
उनका अनुसार अस्पतालले असारमा नै प्लान्ट जडान गर्ने योजना बनाएको भएवनि वर्षादका कारण सामान ढुवानीमा समस्या आएकाले अक्सिजन प्लान्ट जडानमा ढिलाई भएको बताए ।
जिल्ला अक्सिजन  प्लान्ट नहुदा धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता समस्या हटेको छ । कोभिडको तेस्रो लहर फैलिरहेको बेला जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएपछि उपचारमा ठुलो सहयोग भएको अस्पताल बाजुराले जनाएको छ ।
अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख र संघीय सरकारको ७५ लाख गरी एक करोड ५५ लाखमा प्लान्ट जडान गरिएको हो ।
दोस्रो पटक कोरानाको कहरको बेला संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बजेट विनियोजन गरेर काम अघि बढेको थियो । अक्सिजन प्लान्ट स्थापना भए सँगै कोरानका बिरामी मात्र नभई अन्य बिरामीलाई समेत उपचारमा निकै सहज भएको अस्पतालका कोभिड फोकल पर्सन चुडामणि पन्तले बताएका छन् ।
प्लान्ट स्थापना नहुदा जिल्ला अस्पताल बाजुरामा अक्सिजनका लागि धनगढी नेपालगञ्जबाट ल्याउनु पर्ने बाध्यता रहदै आएको थियो । अब त्यो हटेको अस्पतालले जनाएको छ । प्लान्ट स्थापनासँगै अस्पताल बाजुरामा २० वटा बेडमा सिधै पाईप लाइन जोडिएको छ । २ वटा आइसियु वेड, इर्मेजेन्सी र आकस्मिक प्रसुति सेवामा पाइप लाइन जोडिएको अस्पतालका सुचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् ।
अक्सिजन प्लान्ट  जडानसँगै जिल्ला अस्पताल बाजुरामा दुई आइसियु बेड पनि सञ्चालन हुने क्रममा रहेको छ ।
कोरोनाको तेस्रो लहर बाजुरामा पनि निकै फैलिरहेको छ । पिसिआर जाँच गर्दा ७० प्रतिशत भन्दा बढी कोरोना पोजेटिभ देखिने गरेका छन् । कोरोनाको कहर फैलिए सँगै कोभिडका विरामीलाई जति बेला पनि अक्सिजन आवश्यक पर्नसक्ने भएकाले  अक्सिजन प्लान्ट स्थापनाले निकै सजिलो भएको उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।
अक्सिजन प्लान्ट नहुदा धेरै कोभिडका धेरै संक्रमितले ज्यान गुमाउनु परेको थियो । पिसिआर ल्याव भने यो भन्दा पहिला नै बाजुरा अस्पतालमा सञ्चालनमा आइसकेको छ ।- मालिका टुडे

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ७, २०७८ 00:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट