
सेतीकर्णाली खबर दिपेश शाही
कार्तिक १२
बाजुरा। नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत बाजुरा जिल्लाको प्रदेश सभा क्षेत्र नं. ‘क’ र बुढिनन्दा नगरपालिका को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नृपबहादुर खत्रीको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति निर्वाचित गरेको छभने बुढिनन्दा नगर सभापति छक्क मल्ल निर्वाचित भएका छन। मल्ल नेपाल पत्रकार महासंघ साखा बाजुराका निवर्तमान अध्यक्ष हुन।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विद्या तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट खत्री सभापतिमा निर्वाचित भएका हुन्। तेस्तै बुढिनन्दा नगरपालिका सभापतिमा छक्क बहादुर मल्ल सर्वसहमतिबाट निर्वाचित भएको तरुण दलका केन्द्रीय सदस्य सरोज शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिए।
अधिवेशनमा महाधिवेशन तयारी समितिका जिल्ला संयोजक धनराज पण्डित, नेपाली कांग्रेस बाजुराका जिल्ला उपसभापति नारायण पाध्याय, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। 
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिएको छ।

नृपबहादुर खत्रीको नेतृत्वमा निर्वाचित कार्यसमितिले पार्टीको नीति, विचार र सिद्धान्तअनुसार संगठनात्मक गतिविधिलाई अगाडि बढाउने अपेक्षा गरिएको छ। नेपाली काँग्रेस जिल्ला उपसभापति पाध्यायले गगन थापा समूह नेपाली काँग्रेस नातावाद हाबि भएको आरोप लगाएका छन।
सेतीकर्णाली खबर डटकम
