July 19, 2026 | आइतवार, साउन ३, २०८३

स्वामिकार्तिक खापर गाउँपालिकामा GEDSI तथा DID सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ३, २०८३ १२:४६
स्वामिकार्तिक खापर गाउँपालिकामा GEDSI तथा DID सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर
 उमेश जङ्ग शाही  श्रावण ३, बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, उपाध्यक्ष सुलोचना बुढा, जनप्रतिनिधि, गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय, बाजुरा क्याम्पसका उपप्राध्यापक तथा फोकल पर्सन बिरेन्द्र बहादुर रावल ले सहजीकरण गर्दै GEDSI र DID को अवधारणा, लैङ्गिक समानता, अपाङ्गतामैत्री सेवा, सामाजिक समावेशीकरण, समान अवसर, “कसैलाई पनि पछाडि नपार्ने (Leave No One Behind)” सिद्धान्त तथा अपाङ्गताप्रतिको अधिकारमा आधारित दृष्टिकोणका विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रमको व्यवस्थापन  बलमान धामी ले गरेका थिए। कार्यक्रममा सहभागीहरूले स्थानीय सरकार र विद्यालयहरूले नीति, योजना तथा सेवा प्रवाहमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै सबै नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको गाउपालिका प्रवक्ता  सिँह धामिले सेतीकर्णाली खबर डटकमलाई  जानकारी दिए।
यस्तै, कार्यक्रममार्फत समावेशी विकासका लागि स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा विकासका अवसर र सेवामा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ३, २०८३ १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट