November 23, 2026 | सोमवार, मंसिर ८, २०८३

एक दशक नेपालमै व्यवसाय गरेर बिताएका पत्रकार उमेश जंग शाही पुनः वैदेशिक यात्रामा, भावुक बन्यो बिदाइ भेट

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ८, २०८३ 0२:0३
एक दशक नेपालमै व्यवसाय गरेर बिताएका पत्रकार   उमेश जंग शाही पुनः वैदेशिक यात्रामा, भावुक बन्यो बिदाइ भेट

सेतीकर्णाली खबर 

मंशिर  ७-

विशेष जीवनमा सफलता हासिल गर्ने सपना बोकेर मानिस निरन्तर संघर्ष गरिरहन्छ। तर जन्म र मृत्युबीचका अनेकौँ परिस्थितिहरू, बाध्यता र जीवनका लेखान्तलाई चाहेर पनि बदल्न सकिँदैन। कहिलेकाहीँ आफ्नै जन्मभूमिमा केही गर्ने सपना बोकेका मानिससमेत परिस्थितिका कारण पुनः परदेशिन बाध्य हुन्छन्।
नेपालमै बसेर केही गर्ने, आफूले सिकेको सीप, अनुभव र मेहनतलाई आफ्नै देशमा प्रयोग गर्ने तथा त्यसैबाट जीवन निर्वाह गर्ने सोच बोकेका उमेश जंग शाही (भाइराजा) पुनः वैदेशिक रोजगारीको यात्रामा प्रस्थान गर्न लागेपछि उनको बिदाइ भेट भावुक बनेको छ।

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोट डाँडाबाडामा जन्मेका उमेश जङ्ग शाहीकरिब एक दशक नेपालमै उषाकिरण फोटो स्टुडियो एण्ड मोबाइल  ग्यालरी, उषाकिरण मल्टिमिडिया हाउस प्रालि र तालपानी स्याउ फर्म   व्यवसाय गर्दै राम्रो दिनचर्या बिताइरहेका शाही पुनः वैदेशिक श्रम यात्रामा जानुपर्ने परिस्थितिले मनमा अनेकौँ प्रश्न उब्जाएको छ।

 सामाजिक क्षेत्रमा पनि उनले नेतृत्व  गर्दै आएका हुन नेपाल पत्रकार महासंघ बाजुरा कोषाध्यक्ष ,  जनता टेलिभिजनको बाजुरा सम्वाद दाता हुँदै  ठकुरी सहयोग सञ्जाल कतार संस्थापक अध्यक्ष , ठकुरी सहयोग सञ्जाल नेपालका निवर्तमान  केन्द्रीय सदस्य र  प्राथमिक उपचार सम्बन्धि  काम गर्ने संस्था  “योगदान रास्ट्रको लागि” संस्थाका केन्द्रीय  सदस्य समेत भएर गैर नाफामुलक संस्थाको नेतृत्व  गर्दै आएका थिय। नेपालमै बसेर व्यवसाय र कर्ममार्फत जीवन अगाडि बढाउने सपना बोकेका व्यक्तित्व पुनः परदेशिनु केवल व्यक्तिगत निर्णय मात्र नभई देशभित्र अवसर, परिस्थिति र बाध्यतासँग जोडिएको विषयसमेत हो।
वैदेशिक यात्रामा प्रस्थान गर्नुअघिल्लो दिन भएको चिया गफ तथा भेटघाटका क्रममा शाहीसँग जीवन, संघर्ष, देशप्रतिको माया र भविष्यका योजनाबारे आत्मीय कुराकानी भएको थियो। जन्मभूमिमा केही गर्ने सपना बोकेर विदेशिएका धेरै साथीभाइ केही समयपछि फर्किएको देखेको, भेटेको र आफूले समेत यस्ता परिस्थितिको अनुभव गरेको सन्दर्भले यो भेटलाई थप भावुक बनाएको थियो।
जीवनका बाटाहरू सधैँ आफूले सोचेजस्तो हुँदैनन्। समय र परिस्थितिले मानिसलाई कहिले आफ्नै माटोमा रोक्छ त कहिले हजारौँ माइल टाढाको यात्रामा पुर्‍याउँछ। यद्यपि कर्म, मेहनत र सपना भने मानिससँगै यात्रा गरिरहन्छन्।
भाइराजा उमेश जंग शाहीको वैदेशिक रोजगारीको यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस्। परदेशमा उहाँको मेहनतले सार्थकता पाओस्, आर्थिक तथा व्यक्तिगत प्रगति होस् र उहाँले देखेका सम्पूर्ण सपना पूरा हुँदै जाऊन् भन्ने हार्दिक शुभकामना सामाजिक सञ्जालमा  ठकुरी सहयोग सञ्जाल कतारका प्रमुख संरक्षक तथा म्याग्दी सेवा समाज कतारका निवर्तमान  अध्यक्ष  रेशम शाहीले व्यक्त गर्नु भएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ८, २०८३ 0२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट