सेतीकर्णाली खबर उमेश जङ्ग शाही श्रावण ३, बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड (PIN) नेपालको नेतृत्व तथा यसका साझेदार संस्थाहरू एकाउन्टेबिलिटी ल्याब नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE […]
बझाङ। तलकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै योग्य लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ। गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले आगामी असोज मसान्तभित्र आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई जैविक पहिचान (Biometric Verification) का आधारमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ। यसरी […]
बाजुरा- अविरल वर्षाका कारण गाउँको माथिबाट पहिरो जाँदा बडीमालिका नगरपालिका–६ कोर्धको साउँदावाडा वस्ती नै उच्च जोखिममा परेको छ । मध्येराति १२ बजे आएको पहिरोका कारण पुरै गाउँ नै विस्थापित भएको छ । पहिरोका कारण स्थानीय चार जनाको घर पूर्ण रुपमा क्षति भएको र अन्यको चर्किएर जोखिममा रहेको बडीमालिका नगरपालिका वडा नम्बर ६ का कार्य बहाक […]