पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]
काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ। रास्वपाले पाँच […]
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट […]
कालीकोटमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जुम्लादेखि सुर्खेतका लागि जाँदै गरेकाे सानाे फाेर्स गाडी तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकाको सिमाना पर्ने गोलुवा खोलामा दुर्घटना भएको हो । दुर्घटनामापरि घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ। पाँच जना मध्ये चार जनाको अवस्था गम्भिर […]
बाजुरा–बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् । बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ […]
बाजुरा – हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धारको तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी शितल बहादुर रावलले बताएका छन् । बुधबार बिहान क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । […]
बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका-५ काे कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक गरि ३ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको […]
काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी […]