दान बहादुर धामी बाजुरा, माघ १९ कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानिमा डुबेर एक बालक बेपत्ता भएका छन। स्वामिकार्तिक खापर गा पा वडा नं 1 रुडि बस्ने दिप बहादुर बमका छोरा १४बर्षिय बालक जोसिल कुमार बम, हिजो बेलुका 5: 30 बजे तिर जगन्नाथ गाउपालिका वडा नम्बर ३ जुड्डि नजिकै कर्णाली नदिकिनारमा माछा मार्नको लागि […]
शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]
काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ । खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न पनि भनेको छ । खोप अभियानको लागि […]
बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश […]
काठमाडौँ, माघ ११ गते । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ । विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न […]
काठमाडौँ, माघ ११ गते । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक […]
धनकुटा,१० माघ । तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ। गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज […]
काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]
काठमाडौँ, माघ १० गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष […]