नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल भए काठमाडौं – नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य जारी […]
जित जङ्ग कटेल/नेपालगन्ज- लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको १३औं स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा लायन सुशिला चन्दले लायन्स वर्ष २०२४–२५ का अध्यक्ष लायन शंकर खनाललाई पद हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभले यसै साता सम्पन्न भएको लियो डिष्ट्रिक काउन्सिल ३२५ एन नेपालका लायन […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]
काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। […]
काठमाडौं —एसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्यो। मलेसियाका लागि इल्सा हन्टरले अविजित […]
काठमाडौं— क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै […]
बाजुरा —बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। […]
पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]