November 19, 2025 | बुधबार, मंसिर ४, २०८२

दानसाँघु बड्डिगाड खोलामा बेलिब्रिज शिलान्यास, ४ महिनाभित्र निर्माण सम्पन्न हुने

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ४, २०८२ ११:५८
दानसाँघु बड्डिगाड खोलामा बेलिब्रिज शिलान्यास, ४ महिनाभित्र निर्माण सम्पन्न हुने

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही ३ मंसिर बाजुरा — बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका– दानसाघुस्थित बड्डिगाड खोलामा बेलिब्रिज निर्माण गर्न आज एक कार्यक्रममा विशेष रूपमा शिलान्यास गरिएको छ।
नगरपालिकाका उपप्रमुख राम बहादुर बोहोराले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा पुलको शिलान्यास गरेका हुन्।

सडक डिभिजन कार्यालय साफेबगरका अनुसार जडङ्गामा अवस्थित करिब दुई करोड बीस लाख रुपैयाँ लागत पर्ने उक्त बेलिब्रिज अब दानसाघुमा स्थानान्तरण गरी निर्माण गरिँदै छ। पुल स्थानान्तरण र निर्माणका लागि आवश्यक पहल–कदमि गर्ने कुन्ना क्षेत्रका प्रदेश माननीय नरेश कुमार शाही र नगर प्रमुख जनक कुमार बोहरा लगायत स्थानीय सरोकारवालाले गरेका थिए। पुल सार्ने निर्णय कार्यान्वयनमा पुगेसँगै  बुढिनन्दा नगरपालिकाले सबै पहलकर्ताप्रति धन्यवाद व्यक्त गरेको नगरपालिका प्रवक्ता  जङ्गबिर रोकायाले सेतीकर्णालीखबर लाई जानकारी दिनु भएको छ।निर्माण कम्पनीले बेलिब्रिज ४ महिनाभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ। पुल निर्माण भएपछि बाजुराको कुन्ना क्षेत्रका बासिन्दा मात्र होइन, छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका नागरिकले समेत कर्णाली करिडोरमार्फत मार्तडी–साफेबगर–दिपायल–धनगढी हुँदै भारतसम्म वर्षभरि सहज रूपमा आवतजावत गर्न सकिने छ।  दानसाघुमा बेलिबृज नहुँदा स्थानियवासीहरुले सास्ती  भोग्दै आएकाछन।

स्थानीयवासीलाई पुल निर्माणले कुन्ना क्षेत्रको यातायात, व्यापार र सेवा प्रवाहमा ठूलो सहुलियत पुग्ने विश्वास व्यक्त गरेका छन्।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ४, २०८२ ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट