March 11, 2025 | मङ्लबार, फाल्गुन २७, २०८१

माछा मार्न गएका भण्डारीको भिरबाट खसेर मृत्यु , निरिक्षकको टोली घटनास्थल पुग्यो

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २६, २०८१ 0३:३१
माछा मार्न गएका भण्डारीको  भिरबाट खसेर मृत्यु , निरिक्षकको टोली  घटनास्थल पुग्यो

  सेतीकर्णाली खबर

शारदा शाही  फागुन  २६ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका  स्थित   माछा मार्न गएका भण्डारीको भिरबाट खसेर मृत्यु  भएको छ।  वार्ड नं. २ को हाँडे भिर  कर्णाली  नदिको किनारमा माछा मार्नको लागि झरौँला (पासा) थाप्न जाने क्रममा हिजो ४ बजे दिउसो भिरमा लडेर पुसे भण्डारीको  मृत्यु  भएको  वडा नम्बर  २ का अध्यक्ष  विष्नु बुढाले सेतीकर्णाली खबरलाई जानकारि दिएका छन।मृतक भण्डारीको लासलाई स्थानीय  सहित जुड्डी प्रहरी चौकि प्रमुख रमेश रावलको टोलीले सुरक्षा दिइएको र बिहान कोल्टी इलाका प्रहरीकार्यालय प्रमुख निरिक्षिक लोकराज अवस्थितको टोली घटनास्थल  तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
करिव ३/४ सय मिटर तल निकै बिकराल डरलाग्दो भिरबाट लडेर पुसे भण्डारी को छेदबिछेद  भएको थियो । मृतक भण्डारीले आफन्तलाई आफु लडेको जानकारी गराएका थिय ।  आफन्तसंग भेट भएर आफ्नो हात खुट्टा  भाचिएको अरु केहि नभएको बताएका थिय  १ घन्टा पछि  अवस्था  गम्भीर  हुदै गएर घटना स्थलमा मृत्यु  भएको आफन्तले  बताएका छन  ।  मृतकको लास
डोरिबाट पनि उद्वारको सम्भावना नभएकाले कर्णाली नदिबाट र्याफटिङको  सहायताले भिरबाट निकाल्नु पर्ने भएकाले  र्याफ्टिङ लिन स्वामिकार्तिक गाउपालिका केन्द्र  सुइजिला तर्फ स्थानियलाई पठाएको  र प्रहरीको टोली भर्खरै घटना स्थल पुगेको   वडा अध्यक्ष  बुढाले   जनाएका छन ।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २६, २०८१ 0३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट