गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डकाे प्रतियाेगिताकाे उपाधी शुम्भु- सुनन्दा मा. वि. जुकाेटले उचालेकाे छ । १० स्वर्ण,७ रजत,८ कास्य गरि २५ पदक प्राप्त गरेर श्री शम्भु शुनन्दाले पदक जितेकाे हाे । त्यस्तै ८ स्वर्ण,१० रजत र ४ कास्य सहित २२ पदक प्राप्त गरेर कुलादेवि मा. वि बर्कु द्वितिय भएको छ भने ६ स्वर्ण,७ रजत र ८ कास्य सहित २१ पदक प्राप्त गरेर स्वामिकार्तिक मा. वि वाई तृतिय भएको छ ।
त्यस्तै शम्भु शुनन्दा मा.वि. जुकुले ३ स्वर्ण,३ रजत र ८ कास्य सहित १४ पदक प्राप्त गरेकाे छ । भैरवनाथ मा.वि. ले ३ स्वर्ण,० रजत,र ४ कास्य सहित ७ पदक र राघुमाता मा.वि. साप्पाटाले ० स्वर्ण,३ रजत र २ कास्य सहित ५ पदक ल्याएकाे छ । गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलमा प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने विधालयलाई कप,मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियाे। त्यस्तै विधार्थिहरुलाई पुरस्कार स्वरूप प्रथम हुनेलाई गोल्ड मेडल दोस्रोलाई कास्य मेडल र तेस्रो लाई रजत मेडल प्रदान गरिएको गाउँपालिकाकाे शिक्षा तथा युवा खेलकुद शाखा संयोजक भानु भक्त भट्टले सेतीकर्णाली बताए ।
प्रतियोगिता अबधिभर खेललाई सहजिकरण गर्ने खेल प्रशिक्षकहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको हो । रनिङ शिल्ड प्रतियोगितामा भलिवल,कवड्डी लगायत एथ्लेटिक्स तर्फका सम्पुर्ण विधाका खेलहरु खेलाईएकाे थियाे । उपस्थिति ६ वटा बिद्यालयका बिद्यार्थीहरु बिच भलिवल,कबड्डि लगायत एथ्लेटिक्स तर्फका खेलहरुमा प्रतिस्पर्धा गराइएकाे थियाे।
गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगितामा समापन कार्यक्रममा पालिका अध्यक्ष भरत बहादुर राेकाया,उपाध्यक्ष सुलाेचन भण्डारी ( बुढा) नायब सुब्बा कुमेर शाही,जनप्रतिनीधि, पूर्व जनप्रतिनीधि, शिक्षक, विद्यार्थी, पत्रकार , सुरक्षाकर्मी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेकाे थियाे। कार्यक्रम सञ्चालन नहकुल जोसिले गरेका हुन।
कसले कति पदक प्राप्त गरे तल पदक तालिका हेर्नुहोस।