October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा वर्षाले दुई घर भत्किए

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ६, २०८१ 0९:४४
हिमालीमा वर्षाले दुई घर भत्किए

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ।

अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली भएका छन।

आफ्नो घर भएको बस्न अवस्था नहुने खालको हुँदा अहिले अर्को घरको घर गोठमा बस्नुपर्ने बाध्यता आएको छ। घरमा भएको रासन लगायत ओछ्यान कपडा भाडाकुडा तोडिएको हुँदा खान बस्न पनि निकै समस्या आएको छ।

भत्किएको घराना बस्न पनि डर लाग्दो अवस्था भएका कारणले अहिले आफ्ना आफ्न्त घरको गोठमा बस्नुपर्ने अवस्था भएको छ। अहिले बस्नका लागि निकै अप्ठ्यारो समस्या रहेकोे छ। जसले गर्दा घरको छ्त पुरै भत्किएको हुँदा विशेषगरी तत्काल बस्नको लागि समस्या आएको दलसिंह दमाईले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ६, २०८१ 0९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट